

ओलीद्वारा सरकार र पार्टीविरुद्ध बोल्नेलाई ‘प्रतिक्रियावादी’को संज्ञा

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री केपी शर्मा अाेलीले सरकार र पार्टीविरुद्ध बाेल्नेलाई ‘प्रतिक्रियावादी’को संज्ञा दिएका छन् । उनले यस्ता प्रवृत्तिविरुद्ध अरिङ्गालजस्तै खनिन कार्यकर्तालाई निर्देशन दिए ।तत्कालीन एकीकृत माओवादी नेता पोष्टबहादुर बोगटी दिवाकरको चौथो स्मृतिमा शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सरकार र पार्टीविरुद्ध खनिनेलाई नछाड्न आग्रह गरे ।
विरोधीविरुद्ध अरिङ्गालकाे शैली अपनाउने वा नअपनाउने भन्दै यस्ता शक्तिविरुद्ध एकतावद्ध हुन आह्वान गरे । ‘जसरी एउटा अरिङ्गाललाई चलाएपछि सबै खनिन्छन्, थाहा छैन ? तपाईंहरूकाे त्यति बुद्धि छ कि छैन ?’ प्रधानमन्त्री अाेलीले भने ‘एउटा मरे पनि मर्छ भन्ने हाे कि ?’
प्रधानमन्त्री ओलीले प्रतिक्रियावादीकाे हमलामा जवाफ दिन समेत कार्यकर्तालाई अाग्रह गरे । सरकारको विरोध गर्नेहरुले ‘के निउँ पाऊँ कनिका बुकाऊँ’ जस्तोगरी विराेध गर्न विषय खाेजिरहेको उनको आरोप थियो ।उनले पार्टी एकताकाे मर्म बुझेर काम गर्न पनि नेता कार्यकर्तालाई सुझाव दिए । उनले भने ‘पार्टी एकता चिन्नेलाई श्रीखण्ड हाे, नचिने खुर्पाकाे बिँड ।’ अाेलीले नेपाल कम्युनिष्ट पार्टीकाे अान्दाेलन एकीकृत भइसकेकाे समेत दाबी गरे ।प्रधानमन्त्री ओलीले बाेगटीलगायतकाे सपना पूरा गर्न पार्टी र सरकार लागिरहेको बताउँदै कार्यकर्तालाई आश्वस्त भएर लाग्न आग्रह गरे ।
September 15, 2018 11:46 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

