Friday 12th September 2025

नेपाल वीरहरुको मात्र देश हैन, महावीरहरुको पनि देश होः एनआरएनए क्यानाडा

7 years अगाडी

टोरन्टो, ३० भदौ । एनआरएन क्यानाडाको आयोजनामा राष्ट्रिय आविस्कार केन्द्रको सहयोगार्थ क्यानाडाको टोरोन्टोमा एक दिवसीय अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमा गण्डकी प्रदेशका सभासद राजिब पहाडी, क्यानाडाका लागि अवैतानिक महावाणिज्य दुत डा. कुञ्जर शर्मा, एनआरएनए क्यानाडाका अध्यक्ष गोपीकृष्ण काफ्ले लगायत कार्यसमितीका अन्य पदाधिकारी तथा सल्लाहकारहरु लगायत अन्य सहयोगीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष पुनले उक्त आबिस्कार केन्द स्थापनाको उद्देश्य, यसको वर्तमान अवस्था तथा उक्त केन्द्रको भावी कार्ययोजनाका साथै राष्ट्रको आर्थिक विकासमा त्यसले पार्न सक्ने दीर्घकालिन असरका सम्बन्धमा आफ्ना धारणाहरु राखेका थिए । साथै मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक तथा मानव संशाधनको विकास तथा सम्पन्नतामा समग्र एनआरएन अभियान तथा गैरआवासीय नेपालीहरुको महत्वपूर्ण भूमिका रहेको कुरा उल्लेख गरे ।

उनले अनुसन्धानमुलक कार्यमा लागि परेको राष्ट्रिय आविस्कार केन्द्रको स्थायित्वका लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई आग्रह गरेका थिए । ‘अनुसन्धान, अन्वेषण तथा खोज बिना नयाँ तथ्य पहिचान गर्न नसकिने तथा यस्ता अनुसन्धानमुलक क्षेत्रमा लगानी नगरी राज्यको आर्थिक तथा प्रबिधि विकास हुन नसक्ने हुँदा हरेक नेपालीले आफ्नो मुलुकको निम्ति आफ्नो स्थानबाट यथासक्य सहयोग गर्नुपर्ने तथा यसका लागि गैरआवासीय नेपालीहरुले विदेशी भूमिमा सिकेको सिपले ठुलो अर्थ राख्दछ,’ उनले भने ।

कार्यक्रममा आविस्कार केन्द्रका अध्यक्ष पुनले एनआरएन क्यानाडाले पनि आफुमा निहित क्षमता, सिप, प्रबिधी तथा आर्थिक सयोग उपलब्ध गराएर राष्ट्रिय आबिस्कार केन्द्रलाई सहयोग गर्न आह्वान गरेका थिए । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभासद श्री राजिव पहारीले ‘डा. महावीर पुनःको राष्ट्रिय आविस्कार केन्द्रको यो अभियानमा राष्ट्रिय सम्बृद्धिको अभियान समेत जोडिएकाले उक्त केन्द्रको सफलताको निम्ति आफुले स्थानीय रुपमा मात्र नभै केन्द्रीय नीति निर्माणका तहमा समेत यथासक्य सहयोग गर्ने प्रतिवद्धता जनाए ।

 

कार्यक्रममा टोरोन्टोमा क्रियाशिल सामाजिक संस्थाहरु एनसिसियस, श्रीजनशिल नेपाली समाज, टोरोन्टो एनएससि, बागलुङ सेवा समाज, नेपाली साहित्य समाज, कनसर्न नेपाल, नेपलिज क्यानेडियन ओमन एसोसिएसन, नेवा गुठी क्यानाडा, अन्तराष्ट्रिय नेपाली कलाकार समाज, तथा कुञ्जर शर्मा एण्ड एसोसियटस् लगायतका संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । एनआरएनए क्यानाडाका महासचिव चिरञ्जिबी घिमिरेले सञ्चालन गरेको उक्त कार्यक्रमको दोस्रो सेसनमा भने सहाभागीद्वारा राखिएको जिज्ञासा तथा टिप्पणीहरु माथि कार्यक्रमका प्रमुख अतिथी महावीर पुनले प्रकाश पारेका थिए ।

टोरान्टोको भिक्टोरिया पार्कस्थित मेसी स्क्वायर्स ५ को टाउनहलमा आयोजित उक्त कार्यक्रममा क्यानाडाका लागि अवैतानिक महाबाणिज्यदुत डा कुञ्जर शर्मा, एनआरएनए क्यानाडाका प्रतिनिधी तथा सल्लाहकारहरु तथा अन्य संघसंस्थाका प्रतिनिधिहरु मध्ये नवराज गुरुङ, अभिमन्यु बस्नेत, प्रमिला बस्नेत, नारायण घिमिरे, रमेश थापा बिदुर केसी, तुल्सी धरेल लगायतका ब्यक्तिहरुले आआफ्नो मन्तव्य तथा सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।कार्यक्रममा उस्थित अन्य शुभेच्छुक तथा सहभागीहरुले समेत उक्त आविस्कार केन्द्रको सफलताको लागि आफुहरुले यथासक्य सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

          September 15, 2018 12:23 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...