Monday 10th November 2025

पहिला भन्दा कयौं गुणा खतरनाक किन भयो अफगानिस्तान?

7 years अगाडी

बीबीसी। अफगानिस्तानमा अमेरिका समर्थित सेना विरुद्ध तालिबान र अन्य चरमपन्थी समूहबीचको झडपको समाचार आइरहन्छन्। साथै अफगानिस्तानमा आक्रमणमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु हुनु आम विषय भइसक्यो। अफगानिस्तानमा यस्तो गतिरोध भएको धेरै भयो र यो युद्ध समाप्त हुने कुनै संकेत देखिएको छैन्। २००१ मा जब अमेरिका जब अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेको थियो, त्यतिबेला अफगानिस्तानको अवस्था अहिले जति खराब थिएन। १७ वर्ष पहिला जब तालिबानलाई सत्ताबाट हटाइएको थियो, त्यसपछि तालिबानको नियन्त्रण सबैभन्दा धेरै प्रान्तमा छ। अमेरिकाको इतिहास हेर्ने हो भने अफगान युद्ध अहिलेसम्मको सबैभन्दा लामो युद्ध हो। समयसँगै संघर्ष तीव्र मात्रै भएको छैन निकै जटिल पनि भएको छ। आक्रमण लगातार बढिरहेका छन्  र यी आक्रमणमा धेरै मानिसले ज्यान गुमाएका छन्।

तालिबान र अमेरिका/नेटो समर्थित अफगान सरकार दुवै प्रदेशमा आफनो उपस्थिति बलियो बनाउने कोशिश गरिरहेका छन्। १० अगस्टमा काबुलको दक्षिणमा रणनीतिक रुपमा महत्वपूर्ण मानिने गजनी प्रान्तको राजधानीमा तालिबान उपस्थित भएको थियो। यद्यपी अमेरिकी र उसका सल्लाहकारको समर्थन पाएको अफगान सुरक्षा बल र हवाइ आक्रमणका कारण उनीहरु पछि हट्न बाध्य भए। १५ मे मा तालिबान पश्चिम अफगानिस्तानको फराह प्रान्तको राजधानीमा उपस्थित भएका थिए। यो राज्य इरानसँग जोडिएको सीमा नजिकै छ।प्रान्तीय राजधानीमा जब तालिबान लडाकु पछि हट्न बाध्य भए त्यो क्रममा कयौंले ज्यान गुमाएका छन्। तर यस्ता आक्रमणको उद्देश्य मनोबल बढाउने र लडाकु भर्ती गर्नु पनि हो। चरमपन्थी जब पछि हटे तब उनीहरुले हतियार र गाडी पनि सँगै लगेका थिए।

अन्य शहर र जिल्ला केन्द्र लगातार तालिबानको खतरामा छन्। हेलमण्ड प्रान्त र कन्धार प्रान्तको ठूलो हिस्सा खब तालिबानको नियन्त्रणमा छन्। यी ती इलाका हुन् जहाँ अमेरिका, बेलायत र अन्य देशका सुरक्षाकर्मी मारिएका थिए। यहाँ सर्वसाधारण मृत्युको आँकडा पनि कम छैन्।संयुक्त राष्ट्रसंघका अनुसार २०१७ मा सबैभन्दा धेरै दश हजार भन्दा धेरै सर्वसाधारण मारिएका थिए। २०१८ मा यो संख्या झन बढेको अनुमान गरिएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अफगानिस्तान रणनीति जारी भएको एक वर्ष भइसकेको छ। उनले अमेरिका जित्नकालागि लड्ने कसम खाएका थिए। तालिबानसँगको युद्ध समाप्त गर्न ट्रम्प प्रशासनले चार प्रकारले दवाब बनाउने कोशिस गरेको छ। र, अफगान सरकारसँग वार्ता गर्न पनि दबाव दिएको थियो। लगातार हवाइ आक्रमण र विशेष सुरक्षाबलको छापाबाट सैन्य दबाव बनाएका छन्।

अफिमको खेतीबाट तालिबानले कर असुल्दै आएको छ। जसमाथि नियन्त्रण बलियो बनाइएको  छ र विदेशबाट आउने धन रोकिएको छ।
सार्वजनिक रुपबाट केही धार्थिम समूहमा पनि  तालिबानको युद्धको असलियतमाथि प्रश्न उठाइएको छ।पाकिस्तानमाथि पनि दवाब बनाइएको छ। पाकिस्तानमाथि अफगान तालिबान नेतालाई या पक्राउ गर्न वा निर्वासित गर्न दबाब दिइएको छ।अत्याधिक सैन्य दबावबाट तालिबान एक क्षेत्रमा आफ्नो उपस्थितिलाई बढाउन असफल भएको छ।र मुख्य कमााण्डरसति कयौं तालिबानी लडाकु मारिएका छन्। तै पनि कतिपय स्थानमा तालिबानले आफ्नो पकड बनाइ राखेका छन्। र तीनै क्षेत्रबाट आफ्ना गतिविधि संचालन गर्दै मुुलुकभर आंतक मच्याएका छन्।अफीमबाट उठाउने करलाई नियन्त्रण गर्दा तालिबानले आर्थिक संकटको सामना गर्नुपर्ने अनुमान गरिएपनि त्यसो हुन सकेको देखिएको छैन। बरु तालिबानको सम्पत्ति झन बढेको देखिएको छ।

अफागानिस्थानमा संघर्ष तीव्र हुनुका पाँच कारण छन्।

१ दुवै पक्ष आफू विरुद्धका गतिविधिलाई समाप्त गर्ने कोशिश गरिरहेका छन्। र दुवै आफ्नो प्रभाव बढाउन चाहन्छन् र धेरै क्षेत्रमा नियन्त्रण हासिल गर्न चाहन्छन्।

२. २००१ बाट अमेरिकी रणनीतिको प्रभावकारितिामाथि नै प्रश्न उठेको छ। २००१ देखि तालिबानका दश हजार भन्दा धेरै लडाकु मारिइसकेका छन्, वा घाइते भएका छन्। तर यो विद्रोह कमजोर हुने कुनै संकेत देखिएको छैन। एक दशक पहिला अमेरिका र अफागानिस्तानले अफागानिस्तानमा १५ हजार लडाकु भएको अनुमान लगाएका छन्। आज चरमपन्थीको संख्या करिव ६० हजार पुगिसकेको छ।

३. इस्लामिक स्टेटको खोरासान ब्रान्चको अफगानिस्तान र पाकिस्तानमा उदय पश्चात हिंसा र बर्बता झन बढेको छ। यो नयाँ समूहले कयौं आत्मघाती आक्रमणको जिम्मेवारी लिएको छ।

४. त्यसपछि शान्ति वार्ता गर्नुपर्छ भनने विचारले ठाउँ लिएको थियो। यद्यपी तालिबान आफ्नो फाइदालाई बढाउन चाहन्छ र यही कारण उ बलियोसँग आफ्नो भनाइ राख्दै आएको छ।

५. अमेरिका र अन्य मुलुक (पाकिस्तान, रुस र इरान) बीच तनावका कारण नकारात्मक असर परिरहेको छ। अमेरिका  अफगानी अधिकारीले ती तीन मुलुकमाथि तालिबानलाई समर्थन गरेको आरोप लगाएका छन्। जसलाई उनीहरुले अस्वीकार गरेका छन्।

दुवै पक्ष  अफगानिस्तानको संघर्षको अन्त्य सैन्य तरिकाबाट संभव नहुनेमा सहमत छन्। शान्ति वार्ताकालागि दुवै पक्ष सहमत देखिएका छन्। दुवै पक्षले आफूले सही सम्झौता चाहेको बताएका छन्।जुलाइमा कतारमा अमेरिकी अधिकारी र तालिबानी प्रतिनिधिबीच भेटवार्तापछि तीन दिनको अभूतपूर्व युद्ध विराम लागू भएको थियो। यो घटनालाई एउटा अवसरको रुपमा हेरिएको छ,

यो पहिलो पटक थियो सात वर्षपछि दुवै पक्ष आमने–सामने भेट भएका थिए। यस्तो बैठक आगामी दिनमा पनि गर्ने सहमति भएको छ। आक्रामक अमेरिकी सैन्य अभियानका बावजुद दुवै पक्षले के स्वीकार गरेका छन् भने कुनै पनि पक्षले युद्ध जित्न सक्दैनन्।यद्यपी शान्ति वार्ताको प्रारुपलाई लिएर धेरै असहमति छन्। अफगानिस्तानमा शान्तिकालागि अन्य देशाई पनि ठूलो चुनौती छ। शान्ति त्यतिबेला मात्र आउन सक्छ जतिबेला वार्तामा अमेरिकासँगै पाकिस्तान, रुस, इरान, चीन, भारत र साउदी अरब जस्ता देश वार्तामा सहभागी हुन्छन्। तर अन्तिममा अफगानी जनतामा पनि जो युद्धग्रस्त अफगानिस्तानको राजनीतिक भविष्य तय गर्छन्।

          September 15, 2018 1:21 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...