उपराष्ट्रपति पुन चीनको औपचारिक भ्रमणमा जाने
काठमाडौँ, ३१ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आउँदो असोज ३ गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । ६ दिनको भ्रमणका लागि चीन जान लागेका उपराष्ट्रपतिको यो दोस्रो चीन भ्रमण हो ।यसअघि पहिलो पटक उपराष्ट्रपति हुँदा पनि उनले एक पटक चीन भ्रमण गरेका थिए । दोस्रो पटक निर्वाचित भएपछि भने उनको यो पहिलो वैदेशिक भ्रमणमा हो ।भ्रमणको क्रममा उपराष्ट्रपतिले सिचुवान प्रान्तको राजधानी छन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागीता जनाउने उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिएका छन् ।
उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई नेपालको तर्फबाट सम्बोधन गर्नेछन् । ‘चीनमा नयाँ क्षेत्र, पश्चिमी चीनमा नयाँ विकास’ भन्ने मुख्य नाराका साथ आयोजना भएको मेला असोज ८ गतेसम्म आयोजना हुनेछ । उपराष्ट्रपतिले असोज ५ गते अन्तर्राष्ट्रिय मेलाको अवसरमा छेन्दुमा आयोजित डिजिटल फोरमलाई सम्बोधन गर्नेछन् । चीनमा रहँदा उनले चीन सरकारका उच्च पदाधिकारीहरु, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का सिचुवान प्रान्तका पदाधिकारी, सरकारी प्रतिनिधिहरुसँग भेटवार्ता गर्नेछन् । उनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गर्नेछन् ।
उपराष्ट्रपतिको भ्रमण टोलीमा करिब १५ जना हुनेछन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने