Monday 10th November 2025

सिरियाली अन्तराष्ट्रिय विमानस्थलमा इजरायलद्वारा क्षेप्यास्त्र हमला

7 years अगाडी

एजेन्सी, ३१ भाद्र । इजरायलले राजधानी दमासकसमा रहेको अन्तराष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र हमला गरेको सिरियाली राज्य सञ्चालित मिडियाले शनिबार राती बताएको छ । साथै उसले सिरियाको हवाई प्रतिरक्षा समूहले केही विमानलाई खसालेको बताएको छ । तर एउटा युद्ध पर्यवेक्षक समूहले भने ती हमलाहरु इरानी वा लेबनानका हाजिबूल्लाह समूहको हतियार भण्डारणमाथि लक्षित रहेको बताएको छ ।हमलाको क्रममा भएको धमाकाको आवाज दमासकसभरी सुनिएको थियो । देशको मिडिया सानाले हवाई प्रतिरक्षा समूहले आकाशमा फायरिंग गरिरहेको तस्वीर सार्वजनिक गरेको छ ।

साना समाचार संस्थाले हमलाकाबारेमा एकजना अज्ञात सैनिक अधिकारीलाई उदृत गरेको छ तर घटनाका अन्य विवरण भने दिएको छैन ।
तर वेलायत आधारित सिरियाली अवजर्भेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्दुररेहेमानले भने ती हमलाहरु विमानस्थल नजिक रहेको हतियार भण्डारणमाथि लक्षित भएको बताएका छन् । उनका अनुसार त्यहाँ इरानी वा हाजिबूल्लाहका लागि भर्खरै नयाँ हतियारहरु आएका थिए । पर्यवेक्षक समूहले पनि घटनाको भौतिक क्षति बाहेक अन्य कुनै क्षतिबारे बताएको छैन । इजरायलले दुर्लभरुपमा सिरियामा आफ्नो हमलाहरुलाई स्वीकार गर्छ तर उसले आफ्ना शत्रुहरुलाई हतियार प्रसार गर्न रोक्नका लागि सैन्य कारावाही गर्ने धम्की दिदैँ आएको छ ।

          September 16, 2018 12:36 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...