फेसबुकमा सुसाइड नोट लेखेर आत्महत्या
म्याग्दी, असोज । म्याग्दीकी एक युवतीले कालीगण्डकीमा हाम फालेर आत्महत्या गरेकी छिन् । ती युवतीले आत्महत्या गर्नुपूर्व सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेकी थिइन् ।
बेनी नगरपालिका–५ की सोनिया क्षेत्रीले फेसबुकको आफ्नो स्टाटसमा सासाइड नोट लेखेकी थिइन् । कक्षा ११ मा पढ्ने सोनीले आफ्नो फेसबुक प्राेफाइलमा ‘म मरेको खबर सुन्न धेरै आतुर भएको होला तिमीहरु, आज म तिमीहरु सबैको सपना पूरा गरिदिन्छु, बधाइ जोे म खुसी भएको हेर्न नसक्नेहरु, तिमीहरु सबै आज खुसीले रमाउनु, पार्टी दिनु, तिमीहरु सबैले जितेऊ मैले हारे, गुडबाई’ लेखेकी थिइन् ।
साेनी दुर्इ जना साथीहरूसँग घटनास्थलसम्म पुगेकी थिइन् । तर साेनीले एक्कासी नदीमा हामफाल्लिन भन्ने कसलार्इ थाहा ? प्रहरीले ती दुर्इ जना साथीहरूलार्इ नियन्त्रणमा लिइ साेधपुछ गरीरहेकाे छ । सोनीले आइतबार विद्यूत प्राधिकरणको कार्यालय नजिकैबाट कालीगण्कीमा हाम फालेर आत्महत्या गरेकी हुन् । उनको अवस्था अझै अज्ञात रहेको म्याग्दीका प्रहरी प्रमुख वीरबहादुर बुढाले जानकारी दिएका छन् ।
September 18, 2018 11:29 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
