

फेसबुकमा सुसाइड नोट लेखेर आत्महत्या

म्याग्दी, असोज । म्याग्दीकी एक युवतीले कालीगण्डकीमा हाम फालेर आत्महत्या गरेकी छिन् । ती युवतीले आत्महत्या गर्नुपूर्व सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेकी थिइन् ।
बेनी नगरपालिका–५ की सोनिया क्षेत्रीले फेसबुकको आफ्नो स्टाटसमा सासाइड नोट लेखेकी थिइन् । कक्षा ११ मा पढ्ने सोनीले आफ्नो फेसबुक प्राेफाइलमा ‘म मरेको खबर सुन्न धेरै आतुर भएको होला तिमीहरु, आज म तिमीहरु सबैको सपना पूरा गरिदिन्छु, बधाइ जोे म खुसी भएको हेर्न नसक्नेहरु, तिमीहरु सबै आज खुसीले रमाउनु, पार्टी दिनु, तिमीहरु सबैले जितेऊ मैले हारे, गुडबाई’ लेखेकी थिइन् ।
साेनी दुर्इ जना साथीहरूसँग घटनास्थलसम्म पुगेकी थिइन् । तर साेनीले एक्कासी नदीमा हामफाल्लिन भन्ने कसलार्इ थाहा ? प्रहरीले ती दुर्इ जना साथीहरूलार्इ नियन्त्रणमा लिइ साेधपुछ गरीरहेकाे छ । सोनीले आइतबार विद्यूत प्राधिकरणको कार्यालय नजिकैबाट कालीगण्कीमा हाम फालेर आत्महत्या गरेकी हुन् । उनको अवस्था अझै अज्ञात रहेको म्याग्दीका प्रहरी प्रमुख वीरबहादुर बुढाले जानकारी दिएका छन् ।
September 18, 2018 11:29 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

