Friday 12th September 2025

साउदि अरबमा संविधान दिवस मनाईयो

7 years अगाडी

 तेज थापा,  साउदि अरब – नेपाली महावाणिज्य दूतावास जेद्दाले हिजो एक बिशेश कार्यक्रम गरि संविधान दिवस मनाएको छ । विभिन्न देशका कुटनितिक नियोग प्रतिनिधिहरु, जेद्दमा कृयाशिल संघ-संस्थाका प्रतिनिधिहरु, नेपाली समुदाय तथा नेपाली बाहुल्य रहेका कम्पनीका प्रमुखहरुको उपस्थित रहेको कार्यक्रम जेद्दा स्थित क्राउन प्लाजा होटल साउदि अरबमा सम्पन्न भएको हो । महावाणिज्य दूतावास जेद्दाका का.बा. महावाणिज्यदूत रेबती पौडेलले नेपाल, नेपाली र संविधान दिवसको बारे छोटकरीमा जानकारी दिएका थिए ।

कार्यक्रमको सुरुवात सँगै नेपाली राष्ट्रिय गानको धुनले गुञ्जयमान बनेको कार्यक्रम हलमा शुभकामना दिने नेपाली तथा बिदेशीहरु पाहुनाहरुको लामै लस्कर देखिन्थ्यो ।

कार्यक्रममा नेपाली संस्कृति र परम्परा झल्काउने बाजा-गाजा तथा डकुमेन्ट्री प्रदसर्न गरिएको थियो भने नेपाली पोशाकमा सजियका उपस्थित सहभागीहरुलाई उपस्थित बिदेशी पाहुनाहरु निकै चासो रमाइलो मानि नियालेका थिए । निकै सभ्य र भव्य रुपमा सम्पन्न कार्यक्रम नेपाल कै कुनै स्थान आयोजना गरिएको र आफू नेपाल रहेको जस्तो महशुस भयो, कार्यक्रममा सहभागी एक प्रत्यक्षदर्शी बताए । कार्यक्रममा विभिन्न मिडियाकर्मिहरुको सहभागीता रहेकोे थियो भने ध्रुव कुमार रिजालले कार्यक्रमलाई डिसि नेपाल गल्फबाट प्रत्यक्ष प्रसारण समेत गरेका थिए ।

          September 18, 2018 3:45 pm | टप


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...