Monday 10th November 2025

अफगान राष्ट्रपति नयाँ दिल्ली भ्रमणमा

7 years अगाडी

नयाँदिल्ली, ३ असोज : अफगानिस्तानका राष्ट्रपति अस्रफ घानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय विषयमा छलफल गर्न बुधबार नयाँदिल्ली आइपुग्नुभएको छ ।

एक दिवसीय उक्त भ्रमणका अवसरमा उहाँहरुबीच क्षेत्रीय सुरक्षा, व्यापार र अफगानिस्तानमा भारतीय सहयोगमा सञ्चालित विकास कार्यक्रमका बारेमा छलफल हुने बताइएको छ ।

साथै दुवै नेताबीच भारतीय सहयोगमा अफगानिस्तानमा सञ्चालित पूर्वाधार परियोजनाको प्रगतिका बारेमा समीक्षा पनि हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।  राष्ट्रपति घानीलाई इन्डिया फाउन्डेसनले दिल्लीमा नागरिक सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

          September 19, 2018 12:49 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...