कुन उमेरमा कति पटकसम्म सेक्स गर्दा सामान्य मानिन्छ ?
काठमाडौं । सेक्स अर्थात यौनसम्पर्क दम्पति बीचको नितान्त निजी मामिला हो । त्यसैले कतिपटक हुनुपर्छ भन्ने प्रश्न त्यति सान्दर्भिक पनि होइन । फेरी, यौनसम्पर्क घटबढ हुनुमा जोडीको रुची, अवस्था, बाताबरण, उमेर, स्वास्थ्य आदिको प्रभाव पर्न सक्छ । त्यसैले सेक्स कतिपटकलाई सामान्य मान्ने भन्ने प्रश्नको सटिक उत्तर दिन सकिदैन ।
यद्धपी अनुसन्धानकर्ताहरुले यसको बारेमा केही तथ्य फेला पारेका छन् । उनीहरुका अध्ययन अनुसार सामान्य १८ बर्ष देखि २९ बर्षको उमेरका जोडीले बर्षमा ११२ पटक यौनसम्पर्क अर्थात लगभग तीन दिनमा एक पटक सेक्स भयो भने त्यसलाई सामान्य मानिन्छ । यस्तै ३० देखि ३९ बर्षका जोडीले बर्षमा ८६ पटक अर्थात चार दिनमा एक पटक सेक्स गरे त्यसलाई सामान्य रुपमा लिइन्छ ।

उमेर बढेसंगै यौन क्रियाकलापमा समेत कमि हुँदै जाने भएकोले त्यसभन्दा माथिका उमेरका व्यक्तिहरुले गर्ने सम्पर्कमा पनि त्यहि अनुपातमा कमि हुने अनुसन्धानकर्ताहरु बताउँछन् । यौनकार्यमा सक्षम व्यक्तिले हप्तामा एक वा दुई पटक सो कार्यमा सहभागी भयो भने त्यसलाई सामान्य हुन्छ भनिएको छ ।
तर फेरी पनि छुटाउनै नहुने कुरा के हो भने, यो नितान्त निजी मामिला हो । यसमा निजी रुची, चाहना, बातावरण, उमेर, स्वास्थ्य आदि कुराहरुले असर गर्दछ । कोही पाको उमेरको व्यक्तिले धेरै पटक सेक्स गर्न पनि सक्दछ । कोही यौवन अवस्थाको व्यक्तिले सोचेँ अनुसार सेक्स गर्न सक्दैन ।
September 20, 2018 12:25 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।