चार वर्षीयालाई बलात्कार गरेका २३ वर्षे सरकारी शिक्षकलाई मृत्युदण्ड
भारतको मध्यप्रदेशको सतना जिल्लाको एक अदालतले चार वर्षीया बालिका बलात्कार गरेको मामलामा २३ वर्षे सरकारी अतिथी शिक्षकलाई बुधबार मृत्युदण्डको सजायँ सुनाएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार घटनाको ८१ औं दिनमा यो निर्णय सुनाइएको हो । पछिल्लो ७९ दिनदेखि बालिका दिल्लीको एम्स अस्पतालमा भर्ना छिन् । उनको स्थिती अहिलेसम्म चिन्ताजनक बताइएको छ ।
जिल्ला न्यायाधिसले दिनेश कुमार शर्माले चार वर्षीया बालिकाको अपहरण गरेर बलात्कार गरेको मामलामा महेन्द्र सिंह गोन्डलाई दोषी ठहर गर्दै उसलाई मृत्युदण्डको सजायँ सुनाएका हुन् ।
‘दिल्लीमा रहेका पीडित बालिका र उनका परिवारको बयान भिडियो कन्फरेन्समार्फत लिएपछि गोन्डलाई मृत्युदण्डको सजायँ सुनाइएको हो,’ जिल्ला अभियोजन अधिकारी रामपाल सिंहले भने ।
सिंहका अनुसार गोन्ड पीडितको परिवारसँग निकै नजिक थिए । जुलाई १ तारिखमा पीडित बालिकाका बुवालाई भेट्न गोन्ड मातेको अवस्थामा उनको घर गए । उनले त्यहाँ ती बालिकालाई घर बाहिरको कटमा सुतिरहेको देखे । बालिकाका बुवालाई भेटेपछि उनी त्यहाँबाट फर्किए ।
‘त्यसको केही समयपछि गोन्ड पुनः फर्किए र बालिकालाई कटमा एक्लै सुतिरहेको पाए । उनका बुवा त्यतिबेला शौचालय गएका थिए,’ सिंहले भने ।
‘मौकाको फाइदा उठाउँदै गोन्डले बालिकालाई उनको घरबाट लिएर गए र बलात्कार गरे । त्यसपछि झाडीमा फ्याँकिदिए,’ उनले थपे ।
जब बालिकाका बुवा फर्किए र छोरीलाई देखेनन् तब उनी हल्लाखल्ला गर्न थाले । विभिन्न स्थानमा खोजी गरेपछि बालिकालाई झाडीमा फ्याँकिएको पाए ।
पछि उनलाई पुलिसले पक्राउ गरेको हो ।
September 20, 2018 11:19 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने