चार वर्षीयालाई बलात्कार गरेका २३ वर्षे सरकारी शिक्षकलाई मृत्युदण्ड
भारतको मध्यप्रदेशको सतना जिल्लाको एक अदालतले चार वर्षीया बालिका बलात्कार गरेको मामलामा २३ वर्षे सरकारी अतिथी शिक्षकलाई बुधबार मृत्युदण्डको सजायँ सुनाएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार घटनाको ८१ औं दिनमा यो निर्णय सुनाइएको हो । पछिल्लो ७९ दिनदेखि बालिका दिल्लीको एम्स अस्पतालमा भर्ना छिन् । उनको स्थिती अहिलेसम्म चिन्ताजनक बताइएको छ ।
जिल्ला न्यायाधिसले दिनेश कुमार शर्माले चार वर्षीया बालिकाको अपहरण गरेर बलात्कार गरेको मामलामा महेन्द्र सिंह गोन्डलाई दोषी ठहर गर्दै उसलाई मृत्युदण्डको सजायँ सुनाएका हुन् ।
‘दिल्लीमा रहेका पीडित बालिका र उनका परिवारको बयान भिडियो कन्फरेन्समार्फत लिएपछि गोन्डलाई मृत्युदण्डको सजायँ सुनाइएको हो,’ जिल्ला अभियोजन अधिकारी रामपाल सिंहले भने ।
सिंहका अनुसार गोन्ड पीडितको परिवारसँग निकै नजिक थिए । जुलाई १ तारिखमा पीडित बालिकाका बुवालाई भेट्न गोन्ड मातेको अवस्थामा उनको घर गए । उनले त्यहाँ ती बालिकालाई घर बाहिरको कटमा सुतिरहेको देखे । बालिकाका बुवालाई भेटेपछि उनी त्यहाँबाट फर्किए ।
‘त्यसको केही समयपछि गोन्ड पुनः फर्किए र बालिकालाई कटमा एक्लै सुतिरहेको पाए । उनका बुवा त्यतिबेला शौचालय गएका थिए,’ सिंहले भने ।
‘मौकाको फाइदा उठाउँदै गोन्डले बालिकालाई उनको घरबाट लिएर गए र बलात्कार गरे । त्यसपछि झाडीमा फ्याँकिदिए,’ उनले थपे ।
जब बालिकाका बुवा फर्किए र छोरीलाई देखेनन् तब उनी हल्लाखल्ला गर्न थाले । विभिन्न स्थानमा खोजी गरेपछि बालिकालाई झाडीमा फ्याँकिएको पाए ।
पछि उनलाई पुलिसले पक्राउ गरेको हो ।
September 20, 2018 11:19 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।