Sunday 9th November 2025

पुरा पढ्नुहोस,पाँच पाण्डबसँग द्रौपदीले मनाएको सुहागरात यस्तो रहेछ !

7 years अगाडी

महाभारतमा द्रोपतीले पाँचवटा श्रीमानसँग विवाह गरेको कुरा त तपाईले पढ्नु नै भएको होला । अव तर पाँच श्रीमान भएकी उनले कसरी सुहागरात मनाईन भन्ने कुरा अझ रोचक रहेको छ । दुर्योधनले पाँचै भाई पाण्डबहरुलाई मार्ने खवर फैलिएपछि, डराएका पाण्डबहरु आमा कुन्ति सहित ब्राम्हण जीवन ब्यतित गर्न थालेका थिए । यसरी पाण्डवहरु हरेक दिन भिक्षामा आएको सामा आमालाई सुम्पिएर मात्रै उपभोग गर्ने गर्दथे ।

राजा द्रुपदको दरबारमा त्यसबेला द्रोपदीको स्वयम्बरको समय चलिरहेको थियो जहाँ बिभिन्न देशका राजकुमारहरु उपस्थित थिए । राजाले स्वयम्वरमा एउठा सर्त राखेका थिए । जसले तलाउमा हेरेर रुखमाथी झुण्ड्याईको माछाको आँखाको नानीमा तीरले साँध्न सक्छ, उसैसित द्रोपदीको बिवाह हुने तय थियो ।

अर्जुनले भगवान श्रीकृष्णसँग आज्ञा लिएर धनुषमा बाण चढाए र तलाउतर्फ निहुरीएर चलाएको तीर माछाको आँखा बिचबाटै बाहीरीयो । राजाको पूर्व सर्त अनुसार द्रोपतीले अर्जुनलाई स्वयंवर गरेकी थिइन् । द्रोपतीलाई लिएर खुशिले गदगद हुंदै माता कुन्तीको चरणमा सुम्पिन हतारिएर आईपुगेका पाण्डवहरु तर्फ हेर्दै नहेरी कुन्तीले सबै भाइले बाडें र राख्नु भनेकी थिइन् ।

आमाको बचनलाई आदेश मान्ने पाण्डबहरुले बिरोध जनाएनन् । यस कुराबाट आहत बनेका राजा द्रुपदले व्यास ऋषीसंग सल्लाह लिए । पुर्वजन्ममै देवादी देव महादेवले द्रोपतीको तपस्याबाट प्रसन्न भएर बरदान दिएका थिए । द्रोपदीले आफुलाई संसारकै सर्बज्ञानी पुरुष पति बनाउन पाउं भनेर पाँच पटकसम्म भनेकी थिइन् । पाचैँ पटक सम्म नै महादेवले तथास्तु भनेका थिए । यसप्रकार द्रोपदीको पाँच जना पति भएका हुन् ।

तर हिन्दु धर्ममा एक स्त्रीले एक जना पुरषसँगमात्र बिवाह वा सहबास गर्नुपर्ने नियम भएका कारण महादेबले द्रोपदीलाई बरदान दिंदा नै उनले हरेक पटक स्नान गरेपछि कुमारी नै अवस्थामा फर्कीने बरदान पनि दिएका थिए । सवैभन्दा पहिले जेठा दाजू युधिस्ठिरले सुहागरात मनाए त्यसपछि भिमले यसैगरी प्रत्येक पाण्डवले कुमारी द्रोपदीसंग सहबास गर्न पाए । सहबासपछि उनले स्नान गर्दथिन् । स्नानपछि उनी कुमारी कन्या बन्दथिन् । यो धार्मिक ग्रन्थबाट साभार गरिएको सामाग्री हो ।

          September 20, 2018 2:36 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...