Monday 10th November 2025

बहराइचको अस्पतालमा ७१ बालबालिकाको मृत्यु

7 years अगाडी

बहराइच, भारत, ५ भदौ : भारतको उत्तर प्रदेश राज्यको नेपालको सीमावर्ती सहर बहराइचस्थित एक जिल्ला सरकारी अस्पतालमा डेढ महिनाको अवधिमा कम्तीमा ७१ जना बालबालिकाको मृत्यु भएको छ ।

अस्पतालका मेडिकल प्रमुख डीके सिंहले बालबालिकाको मृत्यु भएको पुष्टी गर्दै भन्नुभयो, “ठूलो संख्यामा बालबालिका उपचारका लागि अस्पतालमा भर्ना भएका हुन् र विभिन्न रोगका कारण उनीहरुको मृत्यु भएको हो ।”

सीमित स्रोतसाधनका कारण अस्पतालले ठूलो समस्या झेल्नु परेको पनि उहाँले बताउनुभयो । “हामीसँग अहिले २०० शैया छ, तर ४५० भन्दा बढी बिरामी अहिल्यै भर्ना भएका छन् । कार्यबोझ धेरै ठूलो छ । हामीले जतिसक्दो प्रयत्न गरेका छौं ।” गत वर्ष पनि बहराइच नजिकको बाबा राघव दास (बीआरडी) मेडिकल कलेजमा ६० जनाभन्दा बढी शिशुको उपचारकै क्रममा मृत्यु भएको थियो ।

          September 21, 2018 1:01 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...