नेपालमै यस्तो मन्दिर जहाँ त्रिशुल होइन हसिया चढाउछन्
जिरी नगरपालिका – ७ नम्बर वडामा अवस्थित वज्युथान । यस मन्दिरमा भक्तजनहरुले भगवानलाई त्रिशुल होइन हसिया चढाउने गर्दछन दशैंको फूलपातीको दिन विहानै नुहाई धुवाई गरेर फुम्वा (लोटा) मा जाडँको छोक्र राखी माछा (चिरुम), हसियाँ, घण्टी आदि लिएर कोहीसँग नबोली पुरोहितको घरमा जान्छन् ।वज्युथानको मन्दिरमा चिरुम (माछा), खट्टे, सयपत्रीको फूल, भिजाएको चामल, छ्याङ् आदि चढाउछन् । यस मन्दिरमा विभिन्न पूर्णीमा लगाएत वैशाखको पूर्णीमामा पनि लालीगुँरासको फूल चढाउने चलन छ ।
कसरि उत्पत्ति भयो ? : नागको छोरी फूलपिङबाट उत्पान्न भई जिरी सिक्री, जुँगु हुदै तामाकोशी पारी भिमसेनसँग भेट्दा आफू भन्दा पनि शक्तिशाली र जान्ने देखे ।भिमसेनलाई भेटी फर्किदा बज्युदेव टुटेपानी पुग्दा भिमसेनले वाण हानेको तर वज्युदेवले रोकेको र बज्युदेव क्षेत्रपा आएर बास बसी जिरी सिक्री हुँदै फर्केको भोली पल्ट भैसीलुम्बु हुदै हालको (जिरी नगरपालिका -७ सिक्री ) वज्युथानमा आएर बास बसी त्यही मृत्यु भएको थियो भन्ने मानिन्छ ।
त्यहि बसोबास गर्ने जिरेल जातिका महिला ज्यामेनी कामेर वज्युको आत्मा आएर आफ्नो सबै कुरा सुनाएर थान बनाएर मान्न आग्रह गरेको र सोही बेला देखि ज्यामेनीले नै थान बनाएको मानिन्छ । हालसम्म पुरुष झाँक्रीहरु मान्दजे जिरेल–वोजे जिरेल–टिकामान जिरेल–अम्बर बहादुर जिरेल गरि चार पुस्ता पूजारी देखिएको मात्र देखिएको छ ।
September 21, 2018 2:56 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन