पत्नीको मृत्यपछि एक्लै बस्थे वृद्ध, पत्नीको ५० वर्ष पुरानो चिठी भेटिएपछि बदलियो जिन्दगी
एजेन्सी। अमेरिकामा ८१ वर्षका एक वृद्ध पत्नीको मृत्युपछि एक्लै बसिरहेका थिए । एक दिन सफाइको क्रममा उनले आफ्नी स्वर्गीय पत्नीको ५० वर्ष पुरानो चिठी भेट्टाए । यो चिठीले वर्षौं पुरानो रहस्य खोलिदियो । अहिले ती वृद्धको जिन्दगीले नयाँ मोड लिएको छ ।
अमेरिकाको मिशिगनका ८१ वर्षका टोनी त्रपनी एक दिन आफ्नो क्याबिनेटको सफाइ गर्दै थिए । सफाइको क्रममा उनले पत्नीको ५० वर्ष पुरानो चिठी भेटे । चिठीमा ५० वर्ष पुरानो रहस्य थियो । पत्नीले चिठीमा लेखेकी थिइन् कि उनीहरुको एक छोरा छन् जसको उमेर अहिले (चिठी लेख्ने समयमा) ५ वर्षको छ । यो कुरा उनलाई तब थाहा भयो जब जिन्दगभिर उनीहरु बच्चाको लागि संघर्ष गर्दै रहे । चिठीको आधारमा टोलीले पेन्सलभेनियामा बस्ने आफ्नो छोरालाई खोजे । त्यसपछि पहिलो पटक टोलीको छोरा साम्युअलसँग भेट भयो । सामुएल्सको उमेर ६१ वर्ष भइसकेको थियो । भेटपछि टोनीले भने मलाई थाहा छैन यो कुरा मेरी पत्नीले किन मसँग लुकाएर राखिन् । तर आज पनि मलाई मेरो छोराको बारेमा थाहा पाउँदा उत्तिकै खुसी लागेको छ ।
टोनी र सामुएल्सले आफूहरु बाबुछोरा भएको थाहा पाएपछि सँगै बस्न थाले । उनीहरुले पेटर्निटी टेष्ट गराउने बारेमा पनि सोचे ताकि यो खबर कत्तिको सत्य छ भन्ने थाहा होस् । एक महिनापछि दुवै पेटर्निटी टेष्टको लागि गए जहाँ रिपोर्टले उनीहरुलाई निराश बनायो । रिपोर्ट नेगेटिभ आयो । तर, नतिजा देखेपछि पनि उनीहरुले आफूहरुको भर्खर जोडिएको सम्बन्ध नतोड्ने र बाबुछोरा बनेरै रहने निर्णय गरेका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन