Monday 21st April 2025

नेपाली सङ्घीय समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न ! अध्यक्षमा प्रकास चाम्लिङ् राई

7 years अगाडी

माधब शाही –

कुवेत – नेपाली सङ्घीय समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ ।अध्यक्षमा प्रकास चाम्लिङ् राई निर्बिरोध चयन भएका छन् ।

कुवेतको फर्वानिया स्थित हैतम रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गरी पुर्व मन्त्री एवं सङ्घीय समाजवादी फोरम,नेपालका सह -अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख अतिथीमा नेपाली सङ्घीय समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको हो 

प्रकास चाम्लिङ् राईको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री एवं सङ्घीय समाजवादी फोरम,नेपालका सह -अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र प्रसाद श्रेष्ठ रहेका थिए भने  बिशिष्ट अतिथीमा नेपाली  राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाल र एनआरएन कुवेतकी अध्यक्ष  सुमित्रा देवी पौडेलको रहेको थियो ।कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु ,बुद्दिजिबी , समाजसेवी कुवेतमा कर्मथलो बनाएका  नेपाली सङ्घीय समाजमा आस्था राख्ने नेपालीहरुको उपस्थित रहेको थियो 

समाजका महासचिब लोक बहादुर याम्फु राई र प्रवक्ता राज कुमार राईले सामुहिक रुपमा कार्यक्रम संचालन गरेका थिए  

जन सम्पर्क समिती कुवेतका उपाध्यक्ष माधब शर्मा , नयाँ सक्ति नेपाल कुवेतका महासचिब जयनारायण थारु , एनआरएन एन सीसी कुवेतका कोर्डिनेटर अमित चामलिङ् , लाली गुराँस साँस्कृतीक परिवारका  अध्यक्ष माधब पौडेल ,माउन्टेन स्पोर्टिंग कल्बका अध्यक्ष इन्द्र पोख्रेल,प्रवासी नेपाली मंच कुवेतका युबराज गैरे,किराँत राई आयोख्य समाजका अध्यक्ष मन्जीत चामलिंग राई , कोशेली समुहका पुर्व अध्यक्ष  मनु भुजेल  , तमू समाज कुवेतका अध्यक्ष खोप गुरुङ , आदिवासी जनाजाति महासंघ कुवेतका महासचिब अमृत तामांग  ,नेपाली   राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञ बहादुर हमाल , एनआरएनए कुवेतकी अध्यक्ष  सुमित्रा देवी पौडेल, पुर्व मन्त्री एवं सङ्घीय समाजवादी फोरम,नेपालका सह -अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र प्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

मन्तब्यको क्रममा  बक्ताहरुले संबिधान लागुमा ढिलाई , निर्मला पन्तकको हत्याको बिषय , घरेलु कामदारको समस्या , कम लगानीमा नेपाली कामदार खाडीमा काम गर्न आउने सक्ने बातावरण सरकारले मिलाउनु पर्ने आदी बिषय लाई प्रतिनिधी सभाको बैठकमा आवाज उठाउन प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र प्रसाद श्रेष्ठलाई अनुरोध गरेका थिए । राजनीतिमा आमुल परिवर्तन आयो तर खेतमा हलो जोत्ने किसानको  कुनै परिवर्तन आएन भनी बक्ताहरुले दुखेसो पोखेका थिए । 

प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र प्रसाद श्रेष्ठले कुवेतमा नेपालीहरुको एकताको पाएको भन्दै प्रसंशा गरेका थिए भने श्रेष्ठले पार्टी स्थापनाको बारेमा पार्टीको मूल नारा र मुख्य उदेश्यको बारेमा प्रष्ट पार्दै बक्ताहरुले उठान गरेको समस्या लाई प्रतिनिधी सभाको बैठकमा उठान गर्ने प्रतिबद्दता जाहेर गरे ।

कलाकार योञ्जन र कुमार साम्तानले राष्ट्रको उच्च सम्मान स्वरुप देशभक्ति गीत ” जाग लम्क चम्क हे नौ जवान हो  ….” प्रस्तुती पस्केका थिए ।माया राइको “नेपाली कै छोरी ” बोलको गीतको नृत्यले उपस्थित हरुलाई मनोरंजन प्रदान गरेको थियो । 

समारोहको मध्य भागमा  कुवेतबाट संचालित मिडिया हरुलाई सम्मान गरीएको थियो   

नेपाली सङ्घीय समाज कुवेतको कार्य समिति – 

१) अध्यक्ष – प्रकाश चाम्लिङ राई 

२) सहअध्यक्ष – रोल बहादुर विश्वकर्मा 

३) उपाध्यक्ष -पर्शुराम शाह 

४ उपाध्यक्ष – अमृत तामाङ 

५) उपाध्यक्ष – दिल कुमारी लिम्बु 

६) उपाध्यक्ष – दिपेश नेपाली 

७) महासचिव – लोक याम्फु (खखुरा किरात) 

८) सचीव -मानशराम बाहिङ राई 

९)सचीव – सन्देश बान्तावा राई 

१०) सह सचीव -राजन बान्ता वा राई 

११)प्रवक्ता -राजकुमार राई 

१२) कोषाध्यक्ष – मोहन नाछिरिङ 

१३) सहकोषाध्यक्ष – युवराज चाम्लिङ राई 

१४) युवा प्रमुख – उमेश बान्तवा राई 

१५) महिला संयोजक – विष्णु नाछिरिङ राई 

१६) अनिता खालिङ राई 

१७) मीन चाम्लिङ राई 

१८) प्रमोद चौधरी 

१९)सौगात राई 

२०) फिरोज खान 

२१) रविन चाम्लिङ राई 

२२) पृथ्वी बहादुर बान्तावा 

२३)सन्तोष कुमार गुप्त 

१) सल्लाहकार- याम बहादुर सुनुवार राई

अधिवेशन समारोहका सभापती प्रकास चाम्लिङ राईले उपस्थित हरुलाई धन्यवाद दिदै कार्यक्रमको समापन भयको घोषणा गरेका थिए । 

          September 22, 2018 2:52 pm | टप,प्रवास,फोटो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...