विदेशमा कमाएको पैसा श्रीमानले अर्कै लिएर भागेपछि श्रीमतीको बिजोग
मनोज थापा-
कुवेत- पाँच वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना सहित श्रीमानले अर्कै लिएर भागेपछि रामेछापकी बेल माया कार्कीको अहिले बिजोग भएको छ ।
कुवेतमा पाँच वर्ष दुःख गरेर कमाएको १४ लाख रुपैयाँ र घरभित्र रहेका सबै गरगहना लिएर काजी बहादुर कार्की अर्कै श्रीमती लिएर भागे पछी बेल माया बिजोकमा परेकी हुन् ।

पीडित बेल माया कार्की
९ बर्षिय छोराको बाबु रहेका काजी,बेल माया कुवेतबाट नफर्किदै ६ महिना देखी अर्कै श्रीमती लिएर भागेका हुन् । आफुले कमाएको पाँच बर्षको कमाई सबै श्रीमान लाई पठाई दिएको बेल मायाले बताईन । बिहे गरेको ११ बर्ष पछी श्रीमानले अर्कै लिएर हिडे पछी अहिले उनी निकै चिन्तित छिन् । कुवेत आउंदा श्रीमानको सल्लाह अनुसार आएको र २ बर्ष पहिले मात्र नेपाल बाट छुट्टी मनाएर फर्केको बताईन ।

पीडित बेल मायाको श्रीमान काजी बहादुर कार्की
उनी अहिले न्याएको खोजीमा छिन् । उनी दुखेसो पोख्दै भन्छिन कस्लाई भनु ? कहाँ उजुरी गरौँ ? नेपाल जाउँ भने घरमालिकले जान दिदैन । यतिका वर्ष सम्म कमाएको पैसो सबै लगेर अर्कै श्रीमती लिएर हिडे पछी म समस्यामा परेको छु । श्रीमानले अर्कै बिहे गरेको कुरा घर परिवार बाट जानकारी नदिएकोमा घरका परिवार सबैको मिलोमतो भयको उनी आरोप लगाउ छिन् ।
September 23, 2018 5:02 am | Uncategorized,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने