Monday 10th November 2025

दुई मुलुकबीच सहयोग समझदारी एमओसी हुन नसक्दा जापानको रोजगारी अनिश्चित

7 years अगाडी

काठमाडौँ, ७ असोज । समयमै दुई मुलुकबीच सम्झौता हुन नसक्दा नेपाली कामदारलाई जापानको रोजगारी अनिश्चित बनेको छ।जापान अन्तर्राष्ट्रिय तालिम  सहयोग संगठन जिट्को अन्तर्गत नेपाली प्रशिक्षार्थी कामदार जाँदै आएकोमा जापानले प्राविधिक प्रशिक्षण तालिम कार्यक्रम टीआईटीपी लागू गरेको छ। तर, टीआईटीपी अनुसार दुई मुलुकबीच सहयोग समझदारी एमओसी हुन नसक्दा जापानको रोजगारी अनिश्चित बनेको हो।

प्रशिक्षर्थी कामदार लैजान जापानले २८ नोभेम्बर २०१६ मा छुट्टै प्राविधिक प्रशिक्षण तालिम ऐन नै तयार पारेको थियो। यसअघि जिट्कोअन्तर्गत जापानले प्रशिक्षर्थाी कामदार लैजाँदै आएको थियो।जापानले १ नोभेम्बर २०१७ देखि भने नयाँ व्यवस्था लागू गरेको हो। जिट्कोअन्तर्गत नेपाललगायत १५ मुलुकबाट प्रशिक्षार्थी कामदार लग्दै आएको जापानले टीआईटीपीअन्तर्गत पनि तिनै मुलकबाट कामदार लैजाने घोषणा गरेको छ। त्यसका लागि छुट्टाछुट्टै एमओसी गर्नुपर्ने हुन्छ।, तर, कार्यक्रम सुरु भएको १० महिना बितिसक्दासमेत नेपााल सरकारसँग द्दीपक्षीय समझदारी हुन सकेको छैन ।आठ मुलुकले भने यसअघि नै प्राविधिक प्रशिक्षार्थी कार्यक्रमसम्बन्धी समझदारीमा हस्ताक्षर गरिसकेका छन् ।

          September 23, 2018 10:41 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...