बार डान्सरले आफ्नै अश्लील भिडियो बनाएर असुलिन् लाखौं, विदेश जाने सपनाले फसिन्
एक बार डान्सरले बिजनेसम्यान युवकलाई फोन गरेर आफ्नो जालमा फसाइन् । उनीहरुबीच यौन सम्बन्ध भयो । ती बार डान्सर युवतीले आफूहरुको सेक्सको भिडियो बनाइन् । त्यसपछि उनले ती बिजनेसम्यान युवकलाई ब्ल्याकमेल गर्न थालिन् । उनले ती युवकलाई बलात्कारको अभियोगमा फसाउने धम्की दिँदै रकम असुलिरहेकी थिइन् । ३ वर्षको अवधिमा उनले १५ लाखभन्दा बढी रकम असुलेको खुलेको छ ।
ती युवती एक साथीसँग विवाह गरेर डिपेन्डेन्ट भिसामा विदेश जाने सोचाइमा थिइन् । यही कारण उनले ती युवकसँग एकै पटक १५ लाख माग्न थालिन् । उनले पैसा नदिए बलात्कारको केस गरिदिने धम्की पनि दिइन् । एकैपटक धेरै पैसा मागेपछि समस्यामा परेका युवकले प्रहरीमा उजुरी गरिदिए । पुलिसले महिला र उनका दुई साथीलाई पक्राउ गरेको छ ।

पीडित युवकका अनुसार उनी हरियाणाको कैथलमा व्यवसाय गर्छन् । ८ वर्ष पहिले ती युवती फोनमार्फत उनको सम्पर्कमा आएकी थिइन् । मोवाइलमा कुरा हुँदाहुँदै उनीहरु नजिकिए र भेट्न थाले । यही क्रममा उनीहरुबीच शारीरिक सम्बनध भयो । केही समयपछि युवतीले उनीसँग पैसा माग्न थालिन् । पैसा नदिए बलात्कारको केसमा फसाउने धम्की दिन्थिन् । उनले इज्जत बचाउनको लागि पैसा दिए । युवतीले उनीसँग ७ लाख नगद र ८–९ लाख बराबरको सामान लिइसकेकी थिइन् ।
यहाँसम्म कि उनले घर बनाउनको लागि इट्टा, छड, सिमेन्ट, टाइल, ढुंगासमेत ती युवकलाई नै किन्न लगाएकी थिइन् । घर बनपछि एलइडी टिभी र एसीसमेत किन्न लगाएकी थिइन् । उनले १५ दिन अगाडि पुनः फोन गरेर १५ लाख नगद मागेकी थिइन् । पैसा नदिए केस गरिदिने धम्की दिएपछि युवकले मोवाइलमा सबै कल रेकर्ड गरे । युवतीले ५ लाख रुपैयाँ गत शुक्रबार र बाँकी १० लाख १० अक्टोबरका दिन दिनुपर्ने भनेका थिए । यही बीचमा युवकले उजुरी गरेपछि प्रहरीलाई पक्राउ गरी थप कारवाही अगाडि बढाएको छ ।
September 24, 2018 4:19 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा