जुन घरमा गरिन्छ यी ४ काम, त्यहाँ हुन्छ लक्ष्मीको वास
एजेन्सी । हिन्दु धर्मसँग जोडिएका केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवान्को कृपा प्राप्त हुने विश्वास गरिन्छ। ती कामको प्रभावले गर्दा कहिलै दुख वा पीडाको सामना गर्नु नपर्ने विश्वास गरिन्छ। घरमा धन धान्यको कुनै पनि कमी नहुने धार्मीक विश्वास छ।जानिराखौँ ती काम:
पुजा पाठ
जुन घरमा पुजा पाठसँग सम्बन्धीत साना कुरामा ध्यान राखिन्छ र नियमित रुपमा भगवानको सेवा गरिन्छ, त्यस्तो घरमा कुनै दुख पीडा नहुने विश्वास रहेको छ। पुजासँग जोडिएका शास्त्रीय निमयमको ध्यान राखेमा सकारात्मक उर्जा प्राप्त हुने तथा सुख समृद्धि आउने धार्मीक विश्वास छ।
तुलसी
तुलसीलाई शक्ति स्वरुपा मानिने गरिन्छ। जुन घरमा तुलसीको पुजा हरेक दिन हुने गर्दछ, उसको घरमा केही कुराको कमी नहुने विश्वास गरिन्छ। तुलसी रोप्दा घरमा प्रवेश गर्ने हावा पनि अमृत समान हुने गर्दछ। जुन व्यक्तिले बिहान चाडै उठेर तुलसीलाई जल चढाउछ, उसमाथि सधै विष्णु भगवानको कृपा रहने विश्वास गरिन्छ।
गोबर
गाईको गोबरलाई निकै पवित्र मानिने गरिन्छ। महाभारतको अनुशासन पर्वका अनुसार गाईको गोबर महालक्ष्मीको निवास हुने गर्दछ। त्यसैले जुन ठाउँमा गाईको गोबरले पोत्ने गरिन्छ, त्यो ठाउँ पवित्र हुने गर्दछ। साथसाथै माता लक्ष्मीको कृपा पनि मिल्ने गर्दछ।
मन्दिर
पश्चिम दिशा तर्फ मुख फर्काएर पुजा गर्नु अत्यन्तै शुभ मानिन्छ। त्यस्तै मन्दिरको ढोका यदी पूर्व दिशामा भए छन् राम्रो हन्छ। प्रवेश द्धारको ठिक अगाडि ईश्वरको मुर्ति भने कहिलै राख्नु हुँदैन्। घरमा मन्दिरको स्थापना गर्दा सबै भगवानको कृपा मिल्ने विश्वास गरिन्छ।-
September 25, 2018 4:02 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा