बारुदी सुरुङ विस्फोटमा दुई बालकको मृत्यु
7 years अगाडी
Susma Dhakal
काला–ए–नाउ, अफगानिस्तान, ९ असोज : अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।
प्रान्तीय राजधानी काला–ए–नाउ शहरको पूर्वमा पर्ने जिल्ला कादिसमा रहेको एक गाउँमा सोमबार साँझ सो विस्फोटन भएको प्रान्तीय प्रहरी प्रवक्ता नकिबुल्लाह अमिनीले सिन्ह्वा समाचार समितिलाई बताउनुभयो । आक्रमणमा मारिनेहरुमा ११ र १३ वर्षका बालबालिका छन् ।
सुरक्षा अधिकारीहरुलाई लक्ष्य गरी बारुदी सुरुङ र सडकको किनारमा बम आक्रमण इस्लामिक स्टेट्स र तालिबान आतङ्ककाकारीहरुले बारम्बार गर्दै आएका छन्, र कतिपय अवस्थामा सर्वसाधारण पनि हताहत हुने गरेको पाइन्छ । गत शुक्रबार फर्याब प्रान्तमा भएको यस्तै आक्रमणमा परी आठ बालबालिकाको मृत्यु भएको थियो ।
September 25, 2018 12:50 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...