२० वर्ष पुराना गाडीः निर्णय उल्टाउँदै सरकार
सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन दिने तयारी गरेको छ। पुराना सवारीसाधनले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता गाडी सञ्चालनमा रोक लगाएको थियो।
काठमाडौं र पोखराबाहेकका क्षेत्रमा २० वर्ष पुराना गाडी सञ्चालन गर्न दिने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषदमा पु¥याएको छ।
यसलाई मन्त्रिपरिषदबाट स्वीकृत गराउने तयारी रहेको छ । काठमाडौं र पोखराबाहेकका क्षोत्रमा भेहिकल फिटनेस र यातायात व्यवस्था विभागका प्राविधिकले सवारी चल्न योग्य भएको प्रतिवेदन पेस गरेका आधारमा सञ्चालन गर्न खोजिएका हो।
लामो दूरी र पहाडी क्षेत्रमा चल्ने अधिकांश गाडी बलिया हुने मन्त्रालयको उच्च अधिकारीको दाबी छ। ‘अहिलेका नयाँ गाडीभन्दा ती पुराना गाडी धेरै स्तरीय छन्,’ नाम नबताउने शर्तमा ती अधिकारीले भने, ‘उमेर बढेसँगै गाडी मानिसजस्तो बुढा हुँदैन।’, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
September 25, 2018 3:30 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।