Friday 26th December 2025

मार्क जुकर्बग संगको चर्का चर्की पछि इन्स्टाग्रामको संथापकको राजिनामा, अब छुट्टै आफ्नो कम्पनि स्थापना गर्ने

7 years अगाडी

सुभाश शाह – 

इन्स्टाग्रामको संस्थापक द्वय केभिन  सिस्ट्रोम र माईक क्रिगरले सोमबार फेसबुक देखि अलग हुने निर्णय गरेका छन् । फेसबुकका संस्थापक तथा अध्यक्ष मार्क जुकरबर्ग संग फेसबुक प्रयोगकर्ता हरुको सूचना गोप्य राखिनुपर्छ भन्ने कुरामा मतभेद भएपछि उनीहरुले फेसबुक संग मिलेर काम गर्न नसक्ने जनाएका छन् ।

केभिन सिस्ट्रोम (बायाँ) र माईक क्रिगर

सिस्ट्रोम र माईक क्रिगर एक आपसमा मिल्ने साथीहरु हुन् । एउटा सानो सफ्टवेर प्रोजेक्टलाई उनीहरुले इन्स्टाग्रामको नाम दिएर काम सुरु गरेका थिए , जुन अहिले करिब १ अर्ब प्रयोगकर्ताहरुले दिनहुँ प्रयोग गर्छन । फेसबुकले १ अर्ब मुल्यमा सन् २०१२  ईन्स्टाग्राम किनेको थियो, त्यतिबेला करिब ३० करोड प्रयोगकर्ता थिए । इन्स्टाग्रामले फेसबुकलाई निकै मद्दत गर्दै आएको थियो , इन्स्टाग्रामको जननी हरुको बहिर्गमन पछि फेसबुकको सेर कारोबार मंगलबार देखिनै ओरालो लागेको छ । उनीहरुको अभाव अब कसले पूर्ति गर्ने छ त्यो अब हेर्न बाँकिनै छ ।

          September 26, 2018 12:03 am | समाचार



प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...