बागलुङका मृगौला पीडित होमबहादुरको उपचार लागि १ लाख ७९ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण
कमल सिंह ठकुरी
काठमाडौं – बागलुङको गल्कोट नगरपालिका वडा नं ५ सर्दाखेतका होमबहादुर मल्ल(कुमार मल्ल)को उपचारका लागि १ लाख ७९ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ।
दुवै मृगौला फेल भइ ६ महिना देखि काठमाडौं स्थित टिचिङ हस्पिटलमा उपचाररत बागलुङ जिल्ला गल्कोट नगरपालिका – ५ सर्दाखेतका स्थायी बासिन्दा लाल बहादुर मल्लको छोरा र शान्ति सिंह मल्लको श्रीमान ३८ बर्षिय होमबहादुर मल्ल(कुमार मल्ल)को परीवार आर्थिक अवस्था अत्यन्तै कमजोर भएको कारणले उपचार गर्न महगो शुल्क तिर्न नसक्ने भएपछि हिमाली संचार अनलाइनबाट समाचार प्रकाशित भएपछि दर्शन सेवा तथा ठकुरी सरक्षण समाज मुसिकोट गुल्मी, ठकुरी हेरिटेज काठमाडौं, ठकुरी सहयोग संजाल युएई, जापान, युके, गल्कोट, कतारका साथै अन्य देशबिदेशबाट प्राप्त सहयोग रकम सोमबार हस्तान्तरण गरिएको होमबहादुर बचाउ अभियानका प्रमुख अभियान्ता सुमेन्द्र सिंहले जानकारी दिए।
उनको अप्रेसनको लागि करिब १२ लाख रुपैयाँ जम्मा गर्नपर्ने अस्पतालले जनाएको छ। आज सम्म जम्मा ११ लाख रकम उठेको थियोे तर औषधि खर्च मात्रै ३ लाख खर्च भईसकेकोले अझै ४ लाख भन्दा बढी नै रकम अपुग भएको कारणले अप्रेसनका लागि समस्या उत्पन्न भएको छ।
उनको जीवन रक्षाका लागी देश तथा बिदेशमा रहेका सबैसबै दयालु मनहरुमा प्रमुख अभियान्ता सिंहले सहयोगका लागि एन.एम.बि.बैंक बुटवल शाखा कार्यालयको होमबहादुर बचाउ अभियानका सहयोगी योग प्रसाद रिजाल र सुमेन्द्र सिंह ठकुरीको नाममा रहेको सयुक्त खाता नम्बर 03321500597050000001 मा रकम जम्मा गरेर सहयोग गरिदिन अनुरोध गरेका छन।
प्रमुख अभियान्ता सिंहले यस अभियानका अभियान्ताको भुमिका निभाईदिएर सहयोग गरेकोमा मेख बहादुर मल्ल ठकुरी र पदम सिंह लगाएत देश तथा बिदेशबाट सहयोग गरि होमबहादुर मल्लको जीवन बचाउ अभियानमा सहयोग गर्नुहुने सबैसबै दयालु मनहरु प्रति विशेष धन्यवाद दिदै आभार प्रकट गरे।
September 26, 2018 3:12 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने