प्रधानमन्त्रीद्वारा नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह
काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विकासका लागि लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।न्युयोर्कमा एशिया सोसाइटीले गरेको अन्तक्रियामा प्रधानमन्त्री ओलीले नेपालको जलविद्युत्, पर्यटन, कृषि लगायत क्षेत्रमा उच्च सम्भावना रहेको भन्दै लगानीका लागि आग्रह गरे । नेपाललाई सम्बृद्ध बनाउन आफूहरु अभियान नै लिएर अगाडि बढिरहेको उनले बताए ।
प्रधानमन्त्री ओलीले भारतले गरेको नाकाबन्दीपछि नेपाली जनताले पाएको दुःखको स्मरणसमेत गरेका थिए । प्रधानमन्त्री ओलीले भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत दिए । अष्ट्रेलियाका प्रधानमन्त्रीको अध्यक्षतामा एशिया सोसाइटीको अन्तक्रिया भएको थियो । प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७३औं महासभामा भाग लिन त्यता गएका हुन् ।
September 26, 2018 11:25 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।