फेरि एक युवतीमाथि डरलाग्दो एसिड र छुरा प्रहार
तेजाव आक्रमणबाट रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको खबर सेलाउन नपाउँदै कावासोती नगरपालिका ९ डण्डा बजारकी २७ बर्षीया बसन्ती परियारलाई छिमेकी युवक विमल सिर्पालीले आइतवार साँझ एसिड छर्किएर छुरा प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।
पूर्वी नवलपुरमा एक युवती माथि छिमेकी युवकले एसिड र छुरा प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।
उनको मध्यविन्दु अस्पताल कावासोतीमा उपचार हुन नसकेपछि भरतपुर अस्पतालमा ल्याएर उपचार भैरहेको छ । उनको अवस्था गम्भिर छ । भरतपुर अस्पतालको आइसियुको भेन्टिलेटरमा वसन्तीलाई राखिएको छ ।
एसिड प्रहारबाट शरीरको करीव २५ प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सक डा.सुरेश प्रधानले जानकारी दिनुभयो । एसिड प्रहार गर्ने युवक सिर्पाली नवलपुर प्रहरीको नियन्त्रणमा रहेका छन् ।
नवलपुर प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका सिर्पालीले पूर्वसहमती अनुसार काम नभएकोले एसिड प्रहार गरेको बताएका छन् ।
नवलपुरका प्रहरी प्रमुख रमेश थापाले प्रि–प्लान गरेर नै विमलले वसन्ती माथि एसिड प्रहार गरेको जानकारी दिनुभयो ।
गएको तीजमा भारतजाँदा नै एसिड किनेर ल्याएको जानकारी प्रहरीलाई दिएको बयानमा विमलले उल्लेख गरेका छन । विमलले लामो समयदेखि आफु वसन्तीसँग प्रेम सम्वन्धमा रहेको तर विहे गर्न नमान्दा आक्रमण गरेको बयान दिएका छन् ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
September 26, 2018 4:03 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :