बेल्जियमकी बडामहारानी पाउलालाई हृदयघात
7 years अगाडी
Susma Dhakal
ब्रसेल्स, १० असोज : बेल्जियमका राजा फिलिपकी आमा बडामहारानी पाउलालाई भेनिस भ्रमणका क्रममा हृदयघात भएको बेल्जियम र इटालीका सञ्चार माध्यमहरुले जनाएका छन् । गम्भीर विरामी ८१ वर्षीया पाउलालाई बुधबार नै हवाइजहाजबाट बेल्जियम लगिएको छ । ब्रसेल्सस्थित राजप्रासाद कार्यालयले पाउलाको स्वास्थ्यस्थिति बारे जानकारी दिने तयारी गरेको बताइएको छ ।
बडामहारानी पाउलालाई यसअघि पनि विभिन्न स्वास्थ्य समस्या देखिएका थिए । सेप्टेम्बर २०१५ मा पनि उहाँलाई मुटुमा समस्या देखिएपछि पूर्ण विश्राममा राखिएको थियो । इटाली मूलकी पाउला राजा अल्बर्ट द्वितीयको २० वर्षे शासनकालमा बेल्जियमकी महारानी हुनुहुन्थ्यो । राजा अल्बर्ट सन् १९९३ देखि २०१३ सम्म बेल्जियमका राजा थिए ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
Loading...