Monday 10th November 2025

ब्याकुल माइला (प्रदिप राई) लाई बहराइन मा भब्य सम्मान गरिने

7 years अगाडी

बहराइन , नेपाली राष्ट्रिय गीत “सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली” का सर्जक , रचनाकार कबि “ब्याकुल माइला ” प्रदिप राई लाई बहराइन सम्मान गरिने भएको छ! गीत को पहिलो लाइन मा नै सम्पुर्ण नेपाली हरु लाई एउटै मालामा उन्न सफल कवि राई लाई बहराइन स्थित नेप्लिज वेल्फेर सोसाइटीको अगुवाइ तथा सम्पुर्ण बहराइन मा रहेका नेपाली संघ संस्था हरुको संयुक्त पहलमा सम्मान गर्न लागिएको आयोजक ले जानकारी दिएको छ ।

के हिमाल के पहाड के तराई हाम्रो एउटै पहिचान हो हामी नेपाली भन्ने मुल सन्देश प्रवाह गरेर उत्कृष्ट शब्दहरू को सङ्कलन गरेर सम्पुर्ण नेपाली हरुलाइ एउटै मालामा उन्न सफल कवि राई लाई बहराइन मा स्वागत अनि सम्मान गर्न पाउँदा राष्ट्र को निम्ति नै केही गर्न पाएको अनुभूति हामीलाई लागिरहेको छ!” आयोजक मध्येका एक ले खुशी ब्यक्त गरे उक्त कार्यक्रम यहि आउदो अङ्ग्रेजी महिनाको ५ अक्टोबर , शुक्रबार को दिन अदलिया स्थित बाङ्साङ थाइ रेस्टुरेन्टको सभाहल मा हुने जानकारी आयोजक ले दिएको छ ।नेपाली राजदुतावास बहराइन को बिशेष सहयोग , नेप्लिज वेल्फेर सोसाइटी बहराइन को समन्वय तथा बहराइन मा स्थापित सम्पुर्ण संघ संस्था हरुको आयोजनामा उक्त कार्यक्रम सम्पन्न हुन लागेको हो ।

साथै कार्यक्रम को सम्पुर्ण तयारी भैसकेको पनि आयोजक ले जनाएको छ ! उक्त कार्यक्रम बहराइन बासी सम्पुर्ण नेपाली हरुको साझा कार्यक्रम भएकोले देशका एक होनहार श्रष्ठा को सम्मान को निमित्त सम्पुर्ण बहराइन बासी नेपाली हरुलाइ उपस्थित भैदिनु हुन पनि हार्दिक अनुरोध आयोजक ले गरेको छ !

          September 27, 2018 3:14 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...