Monday 10th November 2025

मोरंगकी फुलमाया बि . कको कुवेतमा निधन

7 years अगाडी

राज मल्ल , कुवेतमा एक नेपाली महीलाको निधन भएको छ । बेलवारी -५ मोरंगकि अन्जादी ३९ बर्षिया फूलमाया बिं.कको मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ ।

घरेलुकामदारको रुपमा करिव ७ महीना पहीला कुवेत आएकि फुलमाया आइतवार मात्र स्पोन्सरको घरबाट भागेर इलिगल भइ जिलिव पुगेर कामको खोजिमा बसेको जनाइएको छ ।

फुलमायाको पोष्टमाटम रिपोटमा करेन्ट लागेर मृत्यू भएको जनाइएपनि आफै लगाएको वा लागेको भन्ने वारे केही खुलेको छैन ।

दूतावास कुवेतमा प्रथम सचिब तथा सुचना अधीकारी भोगेन्द्र लिंगदेनका अनुसार मृतकको परिवार सम्पर्कमा आइसकेको र जति सक्दो सव नेपाल पठाउने तयारी रहेको बताएका छ।

          September 27, 2018 4:26 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...