संघीय संसद्को अधिवेशन अन्त्य
काठमाडौँ, १२ असोज । संघीय संसद्को चालु दोस्रो अधिवेशन अन्त्य गरिएको छ । मन्त्रिपरिषद्को असोज ५ गतेको सिफारिस अनुसार राष्ट्रपतिले अधिवेशन अन्त्यको पत्राचार गर्नुभएको हो । राष्ट्रपतिको पत्राचार बमोजिम बिहीबार राति १२ बजेबाट अधिवेशन अन्त्य भएको हो । चालु बजेट अधिवेशन वैशाख २३ गतेदेखि सुरु भएको थियो ।
करिब पाँच महिनापछि अधिवेशन अन्त्य गरिएको हो । बजेट अधिवेशन भए पनि मौलिक हकका कानुन निर्माणका कारण विधेयक अधिवेशनकै रुपमा चालु अधिवेशन लम्बिएको थियो । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको यसबीचको १३५ दिनमा ७९ वटा बैठक बसेका छन् । ७९ बैठकबाट १९३ घण्टा २५ मिनेट प्रतिनिधिसभाले काम गरेको छ । यसबीचमा चारवटा संयुक्त बैठक बसेका छन् । चारवटा बैठकले ६ घण्टा ५० मिनेट काम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ पटक प्रतिनिधिसभालाई सम्बोधन गरेका छन् ।
अविधेनशबाट प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली पारित भयो । यस्तै, सरकारका तर्फबाट चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम पेस र पारित पनि चालु अधिवेशनले नै गरेको हो । नीति तथा कार्यक्रम पेसका लागि नै दोस्रो अधिवेशन बोलाइएको थियो । यस्तै अधिवेशनमा सरकारको वार्षिक बजेट पेस र पारित भएको थियो ।
September 28, 2018 10:47 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।