भूकम्पका कारण इन्डोनेसियामा एकको मृत्यु, दश घाइते
जाकार्ता, असोज : इन्डोनेसियामा आएको भूकम्पम परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु दशभन्दा बढी घाइते भएका छन् ।
इन्डोनेसियाको जलवायु सम्वन्धी कार्यालयले सुनामी समेत आउने चेतावनी दिदै सतर्कता अप्नाउन आह्वान गरेको छ ।
अधिकारीहरूका अनुसार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि मध्य सुलावेसी प्रदेश र देशको मध्य भागमा यस्तो चेतावनी दिइएको हो ।
“भूकम्पपछिको सुनामी आउने देखिएकाले सतर्क हुन आह्वान गरिएको हो,” जलवायु कार्यालयका प्रमुख सुकी डेवीले सिन्ह्वासँग फोनमा भन्नुभयो । इन्डोनेसियामा शुक्रबर दिउसो शक्तिशाली भूकम्प गएको हो । सुरुमा ७.७ म्याग्नीच्युडको भूकम्प पछि ७.४ म्याग्नीच्युडको भएको थियो ।
भूकम्प गएको १२ मिनेटपछि पराकम्प भएको थियो । पराकम्प पनि झण्डै ६.१ म्याग्निच्युडको थियो । त्यसैगरी मुख्य भूकम्प गएको तीन घण्टापछि ६.० म्याग्नीच्युडको पराकम्प भएको अधिकारीहरुले जनाएका छन् ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा