निरेम प्रोडक्सन कुवेतले चेपाङ समुदायको लागी कपडाहरु संकलन गर्ने
माधब शाही –
कुवेत- निरेम प्रोडक्सन कुवेतले चेपाङ समुदायको लागी कपडाहरु संकलन गर्ने भएको छ । निरेम प्रोडक्सनकुवेतले कुवेतवासी नेपालीहरु बाट चेपाङ समुदायको लागी लत्ताकपडाहरु संकलन अभियान चलाउने निरेमप्रोडक्सनका संचारकर्मी राज मल्ले बताए ।
कुवेतबाट संचालित निरेम प्रोडक्सनले बिभीन्न समयमा नेपालका अनेकन समस्याहरुमा बिगत देखिनै सक्दो सहयोग गर्दै आएका छ । गास ,बास ,कपासको समस्या भोगी रहेका गरिब तथा पिछडिएका चेपाङ समुदायको लागी गासबास नभए पनि कपासको ब्यबस्था गर्ने संकल्प सहित कुवेतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहीनिहरु माँझआउने मल्लले बताए ।
को हुन त् ? चेपाङ समुदाय ।
नेपालको अति नै सीमान्तकृत जातिको सूचिमा छैटौं नम्वरमा रहेको जाति हो चेपाङ । जनगणना ०६८ अनुसारनेपालमा ६८ हजार ९६० चेपाङ जातिको जनसंख्या छ । चितवन, धादिङ, मकवानपुर र गोरखाका विकट पहाडीभेगमा बसोबास गर्ने चेपाङ (प्रजा) जातिका आफ्नै दुःख छन् ।
चार महिनाभन्दा बढी खान नपुग्ने, आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता सुविधाबाट वञ्चित बनेको यो जातिकोगिठ्ठा भ्याकुर खोज्नु, माछा मार्नु र शिकार खेल्नु दिनचर्या नै हो । खानेकुरा नपाएर जंगली च्याउ खाँदा परीवार नैसखाप भएका घटनाहरू पनि चितवनमा हुँदै आएका छन् । सानै उमेरमा बिहे गर्ने, बग्रेल्ती सन्तान जन्माउने, अत्यन्तगरीबीका कारण कतिपयलाई शरीर ढाक्ने लुगासमेत नहुँदा निर्वस्त्र बस्नुपर्ने बाध्यता छ ।

कपडाहरु संकलन गरेर चेपाङ समुदाय सम्म पुर्याउन बिगतमा जस्तै यस पटक पनि कुवेतवासी नेपालीहरु लाई सहयोगको लागी निरेम प्रोडक्सन परिवारले अनुरोध गरेको छ । उक्त अभियान १५ अक्टूबर २०१८ बाट सुरु भइ१५ नोभेम्बर २०१८ सम्म चल्ने छ ।
सम्पर्क नम्बर ,
प्रेम जिमि -67601970
राज मल्ल -60067572
रुपेन हमाल – 55027806
September 30, 2018 4:21 am | प्रवास,भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।