आफ्नै आमाले मृगौला दिन मानिनन्, रोइरहेकी बुहारीलाई सासुले भनिन् ‘छोरी, म जिउँदै छु’
![]()
सासुबुहारीको झगडाको बारेमा त धेरै सुन्नुभएको होला तर केही सासुबुहारी यस्ता पनि छन् जसको प्रेम संसारको लागि उदाहरणीय हुन्छ । यस्तै एक सासुले आफ्नी बुहारीको ज्यान बचाउनको लागि आफ्नो मृगौला दिइन् । जबकि बुहारीकी आफ्नै आमा (उनकी सम्धिनी)ले भने छोरीको ज्यान बचाउनको लागि आफ्नो एउटा मृगौला दिन अस्वीकार गरेकी थिइन् । राजस्थानको गान्धीनगरकी सासु गेनी देवीले बुहारीको ज्यान बचाउन आफ्नो मृगौला दिइन् । बुहारी सोनिकाले यसअघि आफ्नी आमालाई मृगौला दिन आग्रह गरेकी थिइन् । तर आमाले अस्वीकार गरिन् । आमाले अस्वीकार गरेपछि सोनिका रुन थालिन् ।

बुहारी रोएको देखेर सासुले भनिन् ‘नरोउ छोरी । तिमीलाई मृगौला म दिन्छु । म अझै जिउँदै छु ।’ अन्ततः सासुले आफ्नो मृगौला दिएर बुहारीको ज्यान बचाइन् । बुहारीका दुवै मृगौला खराब भइसकेका थिए । विगत एक वर्षदेखि सोनिका मेटिकेशनको सहयोगमा बाँचिरहेकी थिइन् । उनको अवस्था गम्भीर भइसकेको थियो । अब सोनिकासँग दुई विकल्प मात्र थिए । पहिलो नयाँ स्वस्थ मृगौला प्रत्यारोपण गर्ने र दोस्रो बाँच्दासम्म जीवनभर डायलासिस गराइरहने । डायलासिसले निकै छोटो अवधिको लागि मात्र बचाउन सकिन्थ्यो । अन्ततः उनलाई पूरै आयु बचाउन मृगौला प्रत्यारोपण नै उकमात्र उपाय थियो ।
सुरुमा सोनिकाले मृगौला दानको लागि आफ्नी आमा भंवरी देवीलाई भनेकी थिइन् । तर आमाले छोरीको कुरा अस्वीकार गरिन् । अन्ततः सासुले हिम्मत देखाइन् र उनले बुहारीलाई मृगौला दिन तयार भइन् । १३ सेप्टेम्बरमा दिल्लीको अपोलो अस्पतालमा सासुको एउटा मृगौला बुहारीलाई प्रत्यारोपण गरियो । अब सोनिका स्वस्थ छिन् । उनले ठिक भएपछि ७ जन्मसम्म यही सासुको बुहारी बनाउन भगवानसँग आग्रह गरिन् ।
October 2, 2018 3:54 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने