नयाँ कानुन आएपछि एकै दिनमा २९ सम्बन्ध विच्छेद
काठमाडौं, १७ असोज । समाजलाई नै अस्तव्यस्त बनाउनेगरी पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ। सामान्य घटनामा पनि सम्बन्ध विच्छेद फेसन र विकृतिकै रूपजस्तो बन्न पुगेको छ। सम्बन्ध विच्छेदबाट आफ्ना बालबच्चा तथा परिवार र समाजमा नकारात्मक असर पर्ने भए पनि धेरैले सामान्य विषयमा पनि सम्बन्ध विच्छेदलाई रोज्दा आगामी दिनमा त्यसले समाजलाई कहाँ पु¥याउँलारु सोचनीय विषय बन्दै गएको छ।
कतिपय साँच्चै अन्याय सहन नसकेर सम्बन्ध विच्छेदसम्म पुगे पनि धेरैले आफ्नो व्यक्तिगत स्वतन्त्रताको नाममा सामान्य विषयमा पनि श्रीमान–श्रीमतीबीच समन्वय, सहकार्य समझदारी र आपसी विश्वास गर्न नसकेर विकृतिकै रूपमा सम्बन्ध विच्छेद अपनाइरहेका छन्। काठमाडौं जिल्ला अदालतमा गत ३१ साउनमा एकै दिन २९ वटा मुद्दा पेसी चढेका थिए । अघिल्ला वर्षमा कुनै महिनाभरी सो संख्यामा पेसी चढ्ने गरेका थिए।
३० साउनमा २१ वटा, २९ मा १९ वटा सम्बन्ध विच्छेदका पेसी चढेको पाइएको छ । साउन महिनामा साढे २ सय मुद्दाको पेसी चढेको छ ।पेसीका अलावा आपसी मिलेमतोमै सम्बन्ध विच्छेद गर्न अदालत पुग्नेको संख्यासमेत झनै डरलाग्दो छ। दिनमा दर्जनको संख्यामा सम्बन्ध विच्छेदका घटना काठमाडौं अदालतमा मात्र हुने गरेको अदालतले जनाएको छ । भदौमा भने सो संख्या केही घटे पनि असोजमा पुनः त्यो संख्यामा वृद्धि भएको पाइएको छ। काठमाडौं जिल्ला अदालतका अनुसार भदौमा सयको हाराहारीमा पेसी चढेकोमा १४–१९ असोजको पेसीमै ६६ वटा सम्बन्ध विच्छेदका मुद्दा चढेका छन्।
काठमाडौं जिल्लामा मात्र नभएर पछिल्लो समय देशैभर सम्बन्ध विच्छेदका घटना बढेको हो । कास्की जिल्ला अदालतमा यस साता २० वटा मुद्दाको पेसी सम्बन्ध विच्छेदका छन् । भक्तपुरमा १० वटा परेका छन् भने ललितपुरमा भने सातवटा छन्। सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलाराम केसीले मुलुकी संहितासँगै पश्चिमा संस्कृतिको प्रभावले पनि सम्बन्ध विच्छेदका घटना बढेको बताउँछन्।
‘संहिताले महिला र पुरुषलाई समान अधिकार दिएको छ, अदालतमा सिँधै सम्बन्ध विच्छेद गर्न पाउने कानुन बनेपछि सानोतिनो कुरामा पनि अदालत पुगिहाल्ने चलन बढेजस्तो देखिएको छ,’ उनले भने। पूर्वन्यायाधीश केसी ह्विमको भरमा सम्बन्ध विच्छेद गर्दा त्यसको असर आफ्ना बच्चाबच्चीमा पर्ने भएकाले यसको रोकथाममा ध्यान दिनुपर्ने बताउँछन्। ‘ह्विमको भरमा सम्बन्ध विच्छेद गर्नुहुँदैन, अदालतले पनि गोप्य कोठामा श्रीमान–श्रीमतीका कुरा सुनेर दबाब नदिई विच्छेदभन्दा पनि मिल्छ भने मिलाउनतिर जोड दिनुपर्छ, यसको असर आफ्ना बालबच्चामा पर्न दिनुहुँदैन,’ उनले भने।
October 3, 2018 10:07 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।