Sunday 9th November 2025

घरवरिपरि बाक्लो ट्युब लगाएको देख्दा सबैले भने पागल, केही महिनापछि गर्न थाले तारिफ

7 years अगाडी

एजेन्सी। घर किन्नु जीवनको सबैभन्दा ठूलो लगानी हो र सबैले यो लगानी निकै सुरक्षित रहोस् भन्ने चाहन्छन् । अमेरिकाको टेक्सासका एक व्यक्तिले पनि जब नयाँ घर किने त्यो घरलाई ४ सय फिट लामो ट्युबले घेरे । छिमेकीसमेत जो पनि यो घरअगाडिबाट हिँड्थे उनीहरुलाई यो ट्युबको प्रयोजन थाहै थिएन । उनीहरुले ती व्यक्तिलाई पागलसमेत भने । तर केही महिनापछि नै थाहा भयो उनी पागल होइनन् निकै बुद्धिमान र समझदार मानिस थिए ।

केही महिनामै प्रशासनले त्यस क्षेत्रमा वर्षा र बाढीको चेतावनी दियो । त्यस क्षेत्रका सबै मानिसहरु घर छोडेर सुरक्षित स्थानतर्फ गए । तर ती व्यक्ति भने घरमै बसे । रेण्डी नामका ती व्यक्तिले घर किन्ने बेला नै त्यहाँको भौगोलिक अवस्थिति हेरेर त्यहाँ भविष्यमा हुन सक्ने विपत्तिबारे सचेत थिए । नजिकै ब्राजोस नदी थियो जसको पानीको सतह बढेपछि यहाँ बाढी आउँथ्यो । यसबाट आफ्नो घरलाई सुरक्षित बनाउन रेण्डीले विभिन्न किसिमका तरिकाहरु खोज्न थाले । यही बीचमा उनले एक्वा ड्यामको बारे थाहा पाए र उनले आफ्नो घर वरिपरि यही एक्वा ड्याम लगाए ।

यो ड्याम एक प्रकारको रबर ट्युबले बनेको हुन्छ । यसभित्र बाहिरपट्टिबाट जति पानी भरिँदै जान्छ यो अग्लो हुँदै जान्छ । यसले पानीको सतह बढ्दा यसको उचाइ पनि बढ्छ र यसभित्र पानी पस्दैन । सुरुमा यो ट्युब देख्दा छिमेकीहरुले उनलाई पागल भनेका थिए तर बाढीका बेला उनको यही पागलपनको चमत्कार देखेर मानिसहरुले बल्ल उनको समझदारीबारे बुझे । भीषण बाढीका बेला पनि उनी घरभित्रै बसे । यो अवधिको लागि आवश्यक सामान उनले पहिल्यै घरमा राखेका थिए ।

          October 3, 2018 11:02 am | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...