पेटदुख्ने समस्या लिएर अस्पताल पुगे युवक, एक्स-रे रिर्पोट हेर्नासाथ चिकित्सक चकित
एजेन्सी । एक व्यक्ति पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका थिए। उनको पेटको एक्स-रे गर्दा चिकित्सकको समेत होस् उड्यो। एक्स-रे रिर्पोटमा ती व्यक्तिको पेटभित्र एउटा स्टीलको गिलास थियो। यो घटना भारतको हरियाणास्थिर फरीदाबाद भन्ने स्थानको हो। ३० वर्षीय एक व्यक्ति त्यहाँको बीके अस्पतालमा पेट दुख्ने समस्या लिएर पुगेका थिए। युवकको हातल देखेर चिकित्सकले उनको पेटको रेक्सरे गराएका थिए। एक्स-रे रिर्पोट देखेपछि चिकित्सक नै चकित भए।
एक्स-रे रिर्पोटमा ती व्यक्तिको ठूलो आन्द्रामा एउटा ठूलो स्टीलको गिलास फसेको थियो। रिर्पोट देख्नासाथ चिकित्सकले उनको उपचार गर्न नसकेर दिल्लीको अस्पतालमा रिफर गरिदिए। चिकित्सकका अनुसार ७ दिन पहिले ती व्यक्तिको पेटमा मलद्वारबाट गिलास भित्र पसेको थियो। जुन पेटभित्र पुगेर ठूलो आन्द्रामा गएर अड्किएको थियो।
गिलास पसेपछि ती व्यक्तिले पेटदुख्ने समस्याका साथसाथ कयौँ समस्याको सामना गर्नु पर्यो। चिकित्सकले पहिले उक्त गिलास मलद्वारबाट निकाल्ने प्रयास गरेका थिए। तर मलद्वार जाम भएका कारण उक्त प्रयास असफल भएको थियो। त्यसपछि चिकित्सकले सल्यक्रिया मार्फत उक्त गिलास बाहिर निकालेका थिए। अहिले बिरामीको अवस्था सामान्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
October 3, 2018 1:18 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन