
२० वर्षकी साक्षी अहिले आफ्ना हजुरबुवाको नामका कारण निकै दबाबमा परेको बताउँछिन् । उनी भन्छिन् ‘जब पनि म बोल्ड फोटो पोस्ट गर्छु मानिसहरु कमेन्ट गर्छन् । उनीहरु मलाई हजुरबुवासँग तुलना गर्छन् । तब मलाई लाग्छ कि उहाँको नाम यो सबको बीचमा ल्याउनुपर्ने के आवश्यकता छ ? यदि कोही डाक्टर छ भने यसको मतलब यो त हुँदैन कि उसका सन्तान पनि डाक्टर बनुन् ।’ उनले आफ्नो परिवारले आफूलाई सपोर्ट गर्ने बताउँदै कसैलाई आफ्ना फोटोमा आपत्ति भए नहेर्न सुझाव दिइन् ।
साक्षीले आफूलाई धेरै बलिउड फिल्महरु अफर भएको दावीसमेत गरिन् । उनले भने आफ्नो लक्ष्य गायिका बन्न भएको बताउँदै आफूले बलिउड फिल्मसमेत नहेर्ने बताइन् । उनले डिजिटल प्लेटफर्म र सोसल मिडियामा भने अभिनय गर्ने बताइन् । साक्षीले लण्डनको ट्रिनिटी युनिभर्सिटीबाट संगीतको शिक्षा लिएकी हुन् । उनी आफ्नो सपना गायिका भएको बताउँदै भारतमा अन्य देशमा जस्तो पश्चिमी संगीतका गायक गायिकाहरु नभएको बताइन् । उनी आफ्ना भावना व्यक्ति गर्दा कसैले आलोचना गरे पनि यो सबको लागि आफू तयार भएको बताइन् ।