Monday 10th November 2025

भूकम्प र सुनामीमा परी ज्यान जानेको सङ्ख्या १४ सय पुग्यो

7 years अगाडी

जकार्ता, १७ असोज :  इन्डोनेसियाको सुलावेसी द्वीपमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्युहुने व्यक्तिको सङ्ख्या एक हजार ४०० पुगेको छ ।  यस भूकम्पमा फसेका व्यक्तिहरुको जिवीतै उद्धार गर्ने सम्भावना भने कम हुदै गएको संयुक्त राष्ट्रसघले जानकारी दिएको छ । भूकम्प र त्यसपछिको सुनामीमा ज्यान गुमाउनेको सङ्ख्या एक हजार ४०७ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले बुधबार बताउनुभएको छ ।

इन्डोनेसियाको तटीय सहर पालुमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्पबाट एक हजार ४०७ व्यक्तिको मृत्यु भईसकेको यहाँको प्रकोप नियन्त्रण निकायले जानकारी गराएको छ । इन्डोनेसियामा गएको भूकम्पको कारण तटीय क्षेत्रमा रहेको पालु शहर बढी प्रभावित भएको छ । यस भूकम्पको कारण करिब २ लाख व्यक्तिलाई मानवीय सहयोगको आवश्यता परेको र त्यसमा हजारौँ बालबालिका रहेका छन् भूकम्पबाट ६६ हजार घर क्षतिग्रस्त भएको बताइएको छ । आंशिक रुपमा क्षति पुगेका घरको सङ्ख्या हजरौँ रहेको बताइएको छ । क्षतिको विवरण सङ्कलन भइरहेकोले यसको यकिन विवरण आइसकेको छैन ।  यसैवर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५५० भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । इन्डोनेसियामा डिसेम्बर २००४ मा गएको ९.१ म्याग्नीच्यूडको भूकम्प र सुनामीका कारण एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो ।

          October 4, 2018 11:01 am | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...