

एक साउदी पत्रकार टर्कीस्थित आफ्नो देशको दुताबासबाट बेपत्ता भएपछि
7 years अगाडी
Susma Dhakal

१८ असोज । साउदी अरेबियाका नीतिहरूको कटु आलोचक रहेका एक साउदी पत्रकार टर्कीस्थित आफ्नो देशको वाणिज्य दूतावास गएपछि बेपत्ता भएका छन्।
मिडिया रिपोर्टका अनुसार वाशिङ्टन पोस्ट पत्रिकाका लागि पनि काम गर्दै आएका जमाल खशोग्गी मङ्गलवार इस्तानबुलस्थित वाणिज्य दूतावास गएका थिए।
वाशिङ्टन पोस्टका अनुसार कागजपत्रसम्बन्धी नियमित काम पूरा गराउन उनी गएका थिए, त्यसपछि सम्पर्कमा छैनन् ।उनलाई पक्राउ गरिएको छ कि सोधपुछ गरिँदैछ अथवा उनलाई कहिले रिहा गरिनेछ भन्ने हामीलाई थाहा छैन मिडिया रिपोर्टमा उल्लेख छ ।
उनीसँग बिहे छिनोफानो भइसकेकी महिला पनि खशोग्गीसँगै गएकी थिइन्। तर उनलाई वाणिज्य दूतावास छिर्न दिइएन। खशोग्गीलाई मोबाइल पनि बुझाउन भनिएको थियो। त्यस्तो चलन अरू देशका दूतावास र वाणिज्य दूतावासमा पनि छ। एजेन्सी
October 4, 2018 11:18 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सरोकारवाला पक्षसँग निरन्तर सम्पर्कमा रहेका छाैँ : मानव अधिकार आयोग

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।
Loading...

