चिनियाँ फिल्मको झल्को दिने यस्तो छ चीनको एउटा जीवन्त गाउँ
एजेन्सी, १९ असोज । कुङ फू नाम सुन्ने बित्तिकै धेरैलाई चीनको दिमागमा सबैभन्दा पहिले चीनको तस्बिर आउँछ । चिनियाँ फिल्ममा कुङ फूको ज्यादा प्रयोगले गर्दा पुरै चीन नै कुङ फूका लागि विश्वभर परिचित छ तर, चीनमा एउटा यस्तो गाउँ छ जुन वास्तवमा काल्पनिक गाउँ जस्तै छ जहाँका प्रत्येक मानिसहरु कुङ फूमा अब्बल छन् । मध्य चीनस्थित तियांजहूको ग्रामिण गाउँमा प्रत्येक मानिसहरु दैनिक मार्शल आर्टस् अभ्यास गर्छन् । त्यस गाउँमा पेशा गर्ने हुन् या सामान्य मानिसहरु सबै कुङ फूमा निपूर्ण छन् । त्यस गाउँमा विभिन्न कुङ फू शैली सिकाइने र प्रयोग गरिने गरिन्छ । मानिसहरु आफुलाई निपूर्ण बनाउनका लागि एकअर्कासँग सधै लडाँई गर्ने गर्छन् । कुङ फूको असामान्य परम्परा त्यस गाउँमा प्रसिद्ध छ ।
चीनको गुइजहौं राज्यको गैंक्सी डाँन्ग नामको त्यस गाउँमा डाँन्ग समुदायका मानिसहरु बसोबास गर्छन् जो चीनमा ५६ मान्यता प्राप्त अल्पसंख्यकमध्ये एक हुन् । १५० वर्ष अघि त्यहाँ आएका एक शाओलिन भिक्षु तांग लाओशुनले त्यस परम्परा शुरु गरिदिएका थिए । गैंक्सी डाँन्गमा करिब आठ हजार मानिसहरु बस्छन् । त्यस गाउँको कुङ फू यति प्रसिद्ध छ कि त्यस गाउँलाई नै कुङ फू गाउँ भनिन्छ ।
गैंक्सीका चिर्चित कुङ फू मास्टर ८८ वर्षीय झोङ मोलिनको अनुसार पहिले त तांगलाई गाउँका मानिसहरुले निकै दुःख दिएका थिए र उनलाई मार्ने पनि प्रयास गरेका थिए । तर निहत्था तांगले मानिसहरुलाई आफ्नो कुङ फू कलाले हराएर प्रभावित पारेका थिए जस कारण पछि मानिसहरु उनैबाट यो कला सिक्न थाले । मानिसहरु त्यहाँको एउटा शाओलिन मन्दिरमा कुङ फूको कक्षा लिन्छन् ।
October 5, 2018 12:58 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा