Saturday 8th November 2025

पुरा पढ्नुहोस, ६ चीज घर ल्याउनुस् र गोजीभरि पैसा बनाउनुहोस

7 years अगाडी

तपाईं धनसम्बन्धी चिन्ताले घेरिनुभएको छ भने घरमा भएको वास्तुदोष यसको कारण हुन सक्छ । यस दोषबाट मुक्तिका लागि वास्तुशास्त्रले ६ वटा यस्ता कुरा बताएको छ जसलाई घर भित्र्याउनुपर्छ । यी कुरालाई घरमा राख्दा धनसम्बन्धी सबै चिन्ता आफैं सकिन्छन् 

पानी भरिएको माटोको भाँडो : घरको उत्तर दिशामा पानी भरिएको माटोको भाँडो अर्थात् घैंटो राख्नुस् । यसले घरमा धनको कमी हुन दिँदैन  घैैंटो कहिल्यै पनि खाली हुनु हुँदैन ।

हनुमानजीको मूर्ति : घरको दक्षिण पश्चिम दिशामा हनुमानजीको पञ्चस्वरूपवाला मूर्ति राखेर दिनदिनै पूजा गर्नुहोला ।

पिरामिड : घरमा पिरामिड आकारको वस्तु राख्नुहोला । जुन कोठामा घरका मान्छेले सबभन्दा बढी समय बिताउँछन्, त्यहाँ चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुपर्छ ।

धातुको कछुवा वा माछा : कछुवा र माछा भगवान् विष्णुका कच्छप र मत्स्य अवतार हुन् । धातुले बनेका कछुवा र माछा राख्नुभयो भने घरायसी समस्या हट्छन् ।

लक्ष्मी कुबेरको तस्वीर : वस्तुका अनुसार सकारात्मक र नकारात्मक दुवैथरी ऊर्जा घरको मुख्य प्रवेशद्वारबाट छिर्छन् । त्यसैले घरको मेन गेटमा नै लक्ष्मी र कुबेरको तस्वीर राख्नुहोस् ।

वास्तु देवताको मूर्ति : वास्तुदोषका कारण तपाईंलाई पैसाको समस्या भइरहेको हुन सक्छ । दोष हटाउनका लागि घरमा वास्तु देवताको तस्वीर लगाउनुस् ।

          October 6, 2018 2:27 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...