एसिया कप छनोट: आज नेपालले थाइल्यान्डसँग खेल्दै
काठमाडौँ, २१ असोज । दुई खेलमा लगातार जित निकालेको नेपालले मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह बी अन्तर्गत तेस्रो खेलमा आज थाइल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ । नेपाल तेस्रो जितको खोजीमा रहेको छ ।
शनिबार आयोजक मलेसियालाई नेपालले ८ विकेटले हराएको थियो । त्यसअघि पहिलो खेलमा नेपालले म्यानमारलाई पनि ८ विकेटले हराएको थियो । नेपाली समय अनुसार आज अपरान्ह १२ः१५ मा क्वालालम्पुरस्थित वायुमास ओभलमा नेपाल र थाइल्याण्डबीचको खेल सुरु हुनेछ ।
थाइल्याण्ड नेपालको लागि नौलो प्रतिद्वन्द्वी समेत हो । महिला र उमेर समूहमा नेपालले थाइल्याण्डसंग प्रतिस्पर्धा गरिसकेको छ । तर, पुरुष टोलीले भने दोस्रो पटक खेल्न लागेका हुन् । यसअघि सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र थाइल्याण्डबीचको खेल तय भएको थियो । तर, वर्षाको कारण उक्त खेल टस समेत नभई स्थगित भएको थियो ।
October 7, 2018 10:35 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने