जँड्याहाहरुको दशैं भोजको आयोजना जिल्ला प्रहरी कार्यालयले गर्ने
दाङ, २१ असोज । दशैं तिहारमा मादक पदार्थ (जाँड रक्सी) सेवन गरी शान्ति तथा अमन चयन भंग गर्नेहरुको दशै र तिहार जिल्ला प्रहरी कार्यालय दाङमा बित्ने भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले जस्तो भोजन र भोज गराउँछ त्यहि भोजमा जँडहाहरुको दशैं बित्ने प्रहरीले चेतावनी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले चाड पर्व लक्षित बिशेष सुरक्षा योजनाका बारेमा बोल्दै पर्वको सुरक्षा जिल्ला प्रहरी कार्यालय दाङको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । ‘मादक पदार्थ सेवनगरी होहल्ला गर्नेहरुले दशै र तिहार हिरासतमा बिताउनुपर्नेछ,’ शर्माले भने ।
चाडपर्वलाई उत्सवका रपमा मनाउन आग्रह गर्दै एसपि शर्माले अपराध रहित रुपमा चाडपर्व मनाउन दाङबासीहरुलाई आग्रह गरे । ‘चाड पर्वलाई पारीवारीक पुनःमिलनको रुपमा लिनुपर्छ, नकि जाँड रक्सी सेवन गर्ने दिवसको रुपमा,’ एसपि शर्माले भने । टोल टोल तथा गल्ली गल्लीमा प्रहरी परिचालन भएको जानकारी दिंदै शर्माले हालै घोराहीका प्रत्येक होटलहरुमा सर्च अपरेसन सुरु गरीएको जानकारी दिए । चाडपर्वका बेला ठगी तथा चोरी हुने संभावना उच्च रहेको हुँदा बैंक तथा वित्तीय संस्थाहरु एवं सुनचाँदी पसलहरुले विशेष सतर्कता उपनाउनका लागि बंैकर्स तथा ज्वैलर्सहरुसंग छलफल गरीएको शर्माले जानकारी दिए ।
‘आम नागरीकको जीउ धनको सुरक्षा गर्न प्रहरी प्रतिबद्ध छ,’ शर्माले भने ।
नेपालीहरुका महान चाडपर्वहरु नजिंकिदै गर्दा प्रहरीले पनि विशेष सतर्कता अपनाएको बताउँदै शर्माले कानून विपरित काम गर्ने कसैलाई पनि नछोड्ने पटक पटक दोहोर्याए । समाजमा घट्ने जघन्य अपराधहरुको मुख्य कारकतत्व मादक पदार्थ सेवन भएको भन्दै शर्माले सप्लाइ साईड ब्लक गर्ने समेत जानकारी दिए । हरेक समस्याको जडहरुको सप्लाई साइड बन्द गर्ने आफ्नो अभियान रहेको खुलासा गर्दै एसपि शर्माले आफ्नो मिसनमा सहयोग गर्न सबैलाई आग्रह समेत गरे । ‘सूचना दिनुहोस प्रहरी तत्कालै मूभ हुन्छ,’ शर्माले भने । दशैमा विकृतिजन्य खेलहरु जुवा तथा तास एवं लंगुरबुर्जा लाई पुर्णतः निषेध गरीएको शर्माले बताए । यसैगरी चाडबाडकै बेला कालो बजारी गर्ने व्यापारीहरुलाई पनि नछोडिने शर्माले बताए । एसपि शर्मा भन्छन्, ‘गलतकाम कसैले पनि नगरौं ।’
October 7, 2018 10:55 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो
कुवेतमा राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’ ९ जनवरीमा मनाउदै
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा