डाक्टरको गल्तीले छोरालाई छोरीझैं पाले, वास्तविकता खुल्दा भइसकेको थियो सबथोक बर्बाद
एजेन्सी। क्यानडाका एक दम्बतीले जुम्ल्याहा सन्तान जन्माए । दुवै छोरा थिए । जन्मिनेबित्तिकै बच्चाहरुको एक अपरेशन गर्नुर्पे भयो । डाक्टरले अपरेशन गरे तर यस क्रममा उक बच्चाको गुप्तांग क्षतिग्रस्त भयो । यसलाई पुनः ठिक गर्न सम्भव थिएन । अतः डाक्टरले परिवारलाई सल्लाह दिए कि यो बच्चाको लिंग परिवर्तन गरेर छोरी बनाउने । परिवारले सहमति जनाए र बच्चाको लिंग परिवर्तनको लागि अपरेशन गरियो । तर यो अपरेशन आधा मात्र सफल भयो ।
जुम्ल्याहामध्ये अपरेशन गरेर छोरी बनाइएका ब्रुस नामका ती बालकको अपरेशन त्यतिबेला डाक्टरको लागि पनि परीक्षण नै थियो । अपरेशनपछि उनलाई ब्रेन्डा नाम दिइयो । उनलाई ठूलो हुँदासम्म उनको वास्तविक पहिचान बताइएन । सुरुमा यो परीक्षण सफल भएजस्तो देखियो । ब्रेन्डाको महिनावारी पनि हुन थाल्यो । तर उनको शारीरिक बनावट भने पुरुषको जस्तो भयो । यही कारण उनी अन्य युवतीभन्दा फरक देखिन्थिन् र उनका कोही साथी बन्न चाहँदैनथे ।
डाक्टरले बुझिसकेका थिए कि समस्या अझै बढ्न सक्छ । डाक्टरहरुले नियमित अन्तरालमा उनको अपरेशन गरेर उनलाई पूर्ण युवती बनाउने प्रयास गरिरहेका थिए । डाक्टरले पुनः अर्को सर्जरी गर्ने भनेपछि ब्रेण्डाका अभिभावकले बाध्य भएर उनको वास्तविकता बताउनुपर्यो ब्रेण्डा आफनो वास्तविकता जानेर दुःखी थिइन् । उनले हार्मोन थेरापीको अपरेशनका लागि जानुभन्दा अगाडि आफ्नो नाम फेरेर डेभिड राखिन् । अपरेशन गरियो तर उनको मनमा निकै दुःख थियो । यही कारण उनी डिप्रेसनको शिकार भइन् । अन्ततः डिप्रेसनको मात्र बढ्दै जाँदा १३ वर्षको उमेरमा उनले आत्महत्या गरिन् । उनको जुम्ल्याहा भाइले पनि यो पीडा सहन सकेनन् र उनी ड्रग्सको लतमा पूरै डुबे ।
October 7, 2018 11:19 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन