Wednesday 15th May 2024

रेखाको सिउदोमा सिन्दुर देख्दा जयाको आखाँमा किन आँशु ?

6 years अगाडी

बलिउडकि चर्चित नायिका अभिनेत्री रेखा ६४ वर्षकी हुन लागिन्। उनको जन्म १० अक्टोबर १९५४ मा मद्रासमा भएको थियो। रेखाले आफ्नो जीवनमा निकै उतार चढाव व्यहोरेकी छन्। उनको जीवनमा आधारित भएर लेखक यासीर उस्मानले किताब नै लेखेका छन्।जसको नाम ‘रेखा ? एन अनटोल्ड स्टोरी’ हो। यो कितावमा रेखासँग सम्बन्धित धेरै किस्सा पढ्न पाइन्छ। रेखालाई उद्धृत गर्दै किताबमा लेखिए अनुसार जब रेखा विनोद मेहरासँग विवाह गरेर घर गइन् जब उनलाई उनकी सासूले रेखालाई घरभित्र समेत पस्न दिइनन्। यो देखेर रेखा निकै दुखी भइन्। अनि विनोदले रेखालाई आफ्नै घर जान सल्लाह दिए।
किताबमा उल्लेख भए अनुसार कोलकातामा विवाह गरेपछि रेखा विनोद मेहराको घर आइन्। तव, विनोदकी आमाले रिसको सुरमा रेखालाई हिर्काउन चप्पल उठाएकी थिइन्। जसै रेखा सासूलाई ढोग्न निहुरिन् तब सासूले उनलाई धक्का दिएकी थिइन्। रेखा घरको ढोका उभिएकी थिइन् तब रेखाकी सासूले गाली गरेकी थिइन्। यो सबै हेरिरहेका विनोद अगाडि आएर रेखाको वचाउ गर्दै आमालाई सम्झाउन थाले।

आफ्नो बेइजत भएपछि रेखा निकै दुखी भइन्। तब विनोदले रेखालाई सम्झाउँदै आफ्नै घरमा गएर बस्न आग्रह गरे। अमिताभ बच्चन र रेखाबीचको अफेयरका किस्ता आज पनि चर्चित छन्। जयाको आग्रहपछि मात्रै अमिताभले रेखासँग काम गर्न छोडेका थिए। १९७८ को एक अन्तर्वातामा रेखाले भनेकी थिइन्–मैले एक पटक पूरै बच्चन परिवारलाई देखेकी थिएँ। उनीहरु ‘मुक्द्दरका सिकंदर’ को ट्रायल शोकालागि प्रोजेक्शनका रुपमा आएका थिए। जया अगाडि बसेकी थिइन्। हाम्रो अमिताभ र मेरो लभ सीन देखेर जयाको आँखामा आँशु आएका थिए। त्यसपछि अमिताभले निर्मातासँग आफू रेखासँग काम नगर्ने बताएका थिए।’ उस्मानले किताबमा एक किस्सा पनि लेखेका छन्। जसमा उनले लेखेका छन्–२२ जनवरी १९८० मा ऋषि कपुर नीतूको विवाह भएको हो। नीतूले आफ्नी नजिककी साथी रेखालाई पनि विवाहमा बोलाएकी थिइन्। पार्टीमा महमोहन देसाईसँग अमिताभ बच्चन एउटा कुनामा उभिएका थिए। जबकि जयाँ सासू तेजी बच्चनसँग बसेकी थिइन्। यसैबीचमा रेखा सोतो साडी, घाँटीमा मंगलसुत्र, सिउँदोमा सिंदुर लगाएर त्यहाँ पुगिन्। रेखालाई देखेर सबै छक्क परे।
फोटोग्राफरको क्यामरा रेखातर्फ मोडिए, जबकि रेखा भने अमिताभलाई हेरिरहेकी थिइन्। दुवैले पाँच मिनेट कुराकानी पनि गरे। जया केही बेरसम्म त चुप लागिन्, त्यसपछि फेरि रुन थालिन्। योबीमा मानिसहरु के रेखाले फेरि विवाह गरेकी हुन् भनेर चर्चा गरिरहेका थिए। पछि रेखाले आफू कुनै फिल्मको शुटिङ गर्दै गर्दा आएकाले यस्तो पोशाक लगाएको बताइन्। त्यसो त सिउँदोमा सिन्दुर लगाउने रेखाको बानी थियो।

          October 10, 2018 2:55 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...