कुवेतमा संयुक्त तीन किराती संस्थाद्वारा उभौली चाड ७ जुनमा मनाउने
कुवेत – “भाषा,संस्कार, सांस्कृतिको संरक्षण, किराती हरुको साझा अभियान” भन्ने मुल नाराका साथ सबै किरातीहरु एकताको सुत्र भित्र बाधिनु पर्छ। भन्ने मान्याताका साथ एउटा उदाहरणको रुपमा बिगत ७ बर्ष यतादेखि कुवेतमा कृयाशिल तीन किराती संस्थाद्वारा किराती हरुको महान चाड उभौलि साकेला,संयुक्त रुपमा किरात राई यायोक्खा कुवेत,किरात याक्थुङ चुम्लुङ कुवेत,सुनुवार सेवा समाज कुवेतले मनाउदै आएको छ।
किराती हरुको महान चाड उभौलि साकेला,यक्वा तङ्नाम,रापवा श्यादर पिदर येले दोङ्, येले तङ्बे,येले थोचे,५०८४ को उपलक्ष्यमा शुभकामना आदान-प्रदान तथा उभौली कार्यक्रम आगामी जुन ७ तारिक शुक्र्बार को दिन कुबेतको खैतान स्थित राजधानी होटल मनाउने किरात राई यायोक्खा कुवेतका अध्यक्ष उमेश राईले जानकारी दिएका छन।
कुवेतलाई कर्मथलो बनाएर बसोबास गर्नुहुने किराती ,गैर किराती नेपाली दाजुभाई तथा दिदीबहिनी कुवेतमा कृयाशिल संघ सस्थालाई प्रतिनिधित्व गर्नुहुने सस्थाका अध्यक्ष/ प्रतिनिधि पत्रकार, कुवेतका बुद्धिजीवी, समाजसेवी खेलाडी, कलाकार सबैमा उपस्थिति भई कार्यक्रमको शोभा बढाई दिन हुनको लागि संयुक्त तिन किराती संस्थाहरु हार्दिक अनुरोध गर्दछ।
कार्यक्रम हुने स्थान समय मिति
स्थान- खैतानको राजधानी होटल
मिति – ७ जुन २०२४
समय-बिहान १०:३० बजे बिहान देखी
आयोजक
किराँत राई यायोक्खा कुवेत
किराँत याक्थुङ चुम्लुङ कुवेत
सुनुवार सेवा समाज कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला