Thursday 25th December 2025

एउटा फुल मात्र फुलेर हुदैन , सबैजना फुल्नु पर्छ अनि मात्र फुलबारी हुन्छ ।”

7 years अगाडी

शुभास शाह –

करिब ५ वर्ष अघिको कुरा थियो, सधै झैँ म अफिस बाट फर्के पछि मैले आफ्नो मुवालाई फोन गरे सन्चो बिसन्चो बुझ्न । मुवा दिनभर घाममा बिजुली बत्तिको बिल तिर्न लाईन बसेर साँझ घर फर्केको कुरा गर्दै होइसिन्थ्यो । अघिल्लो हप्ता पनि खानेपानीको बिल तिर्न त्यस्तै दिनभर लाइन मा बसेको कुरा भएको थियो । मलाई यो कुराले बेचैन हुन्थ्यो , सधै सोच्ने गर्थे कि म आफु कम्प्युटर सफ्टवेर बनाउने गर्छु ता कि मान्छेको दैनिकी झन् सजिलो होस् , तर बिबिध कारणले अझै पनि मेरो मुवा जस्तै धेरै बुवा मुवा हरु बिजुलीको /खाने पानीको बिल तिर्न दिनभर लाईन बस्नु पर्ने ।

दशैँ छुट्टीमा घर गएको बेला मैले सानो स्कुले बच्चा हरुले मोबाईल मा फोटो खिचेको , गित सुन्दै हिडेको थिए । लाग्थ्यो यी बच्चा हरुको हातमा मोबाइल होइन कम्प्युटर हुनु पर्ने ।कैले कै फेसबुक चलाउन पर्यो भनि बस्यो , गाउँका साना भाई बैनी हरुले फ्रेन्ड रिक्क्येस्ट पठाएको देख्दा खुसि लाग्थ्यो । मलाई यस्तै कुरा हरुले मन छुने गर्थ्यो , मैले जानेको कुरा त्यो सानो भाई बैनी लाई पनि सिकाउनु पर्छ भन्ने लग्यो अनि त्यो गाउँ को स्कुल मा पनि सहरको बोर्डिंग स्कुल जस्तै कम्पुटर पढाई सुरु गर्ने योजना बनाएको थिए । गाउँमा एउटा कम्पुटर प्रयोगशाला(Computer Lab ) बनाउने एउटा सानो सपना देखेको थिए ।

हाम्रो देशमा हुने दैनिक १० घण्टे लोडसेडिंग , महँगो कम्पुटर , अनि द्क्ष जन सक्तिको अभाब , विभिन्न ब्यवधान हरु थिए । मेरो सपना साकार पार्न मलाई एउटा ठुलो पहाड धकेल्नु सरह थियो । काठमाडौँमा प्रोजेक्टमा जागिर , टन्न पैसा हुने , बिदाको दिन कैले नगरकोट त कैले सौराहा घुम्न जाने , सुन धाराको QFX Mall मा आइस क्रिम खादै 3D फिल्म हेरेको , साँझ पाख बसन्तपुर तिर बरालिने बानी …. कैले काँही बसको झ्यालमा बसेर काठमाडौँमा यात्रा गर्दा त्यहि गाउँको याद आउने अनि आफुले देखेको त्यो सपना … कैले काँही आफ्नो विचार घर परिवार र साथी भाई संग सल्लाह गर्दा सबै बाट एउतै जवाफ आउने …. “छोडीदे यार एस्तो कुरा , तैले एकजनाले गरेर के हुन्छ र” ।

मेरो नाम सुभाष शाह हो । मेरो जन्म रस्पुरकोट गा बि स बल्बिसौना प्युठानमा एउटा सामान्य ठकुरी परिवारमा भएको हो । बुवा नेपाल प्रहरीको सिपाही , अनि मुवा घर को व्यहवार मै ब्यस्त । म त्यहि गाउँको सरकारी स्कुलमा पढेर बिद्यालयको पढाई पुरा गरेको हुँ । त्यति बेलाको श्री बल सुधार प्रबि (हाल श्री घन मिना प्रा बि ) बलिबिसौना बाट ५ कक्षा, श्री सारदा निन्म मा बि (हाल श्री सारदा मा बि ) चौरपानी बाट ८ कक्षा , श्री जनता मा बि बिजुली बाट २०६० सालमा मैले एस ल सी पास गरेको थिए ।

स्कुल पढ्ने बेला एउटा मात्र सपना थियो , आर्मीमा भर्ति हुने । हाम्रो गाउँ घरमा आर्मीको लाहुरे भनेको सबै भन्दा उच्च सफलता मान्ने चलन थियो । जब साथीहरु भेट हुन्थ्यो , धेरै जसो कुरा त्यहि नेपाल आर्मी , प्रहरी , इन्डियन आर्मी र ब्रिटिश आर्मी को भर्तिको बारेमा नै हुने गर्थ्यो । गाउँमा हजुर बुवाहरुको पल्टनको कथा नसुनेर हुर्किने सायदै छन् होला हाम्रो गाउँ ठाउँ बाट ।

माओबादी द्वन्दको असरले मेरो परिवारलाई पनि छोएको थियो । बुवाको नेपाल प्रहरीको जागिरको सिलसिलामा रुकुम जिल्लाको रुकुमकोट ई प्र का आक्रमणमा घाइते भएको र माओबादीले करिब ७ महिना बन्धक बनाएर राखेको, अनि घरमा नेपाल प्रहरी र आर्मी भएको परिवारलाई मानसिक यातना दिने , महिनै पिच्छे चन्दा बुझाउनु पर्ने …. मेरो आर्मीमा भर्ति हुने सपना माओबादीको त्रासले मरेर गयो। कयौँ साथी हरुले आफ्नो जागिर पनि छोड्नु पर्यो ।

 

२० बर्ष पछि पनि म अझै सम्झन्छु, आफुले बन्दुक बोके पनि बुवाले मलाई छुट्टीमा घर आउदा एक मुठी कलम बोकेर आउने गरेको । घरमा मेरो ठुलो बुवा हुकुम बहादुर शाह स्कुलको सिक्षक भएको हुनाले पनि होला मेरो घरमा राम्रो संग पढ्ने बाताबरण थियो । मलाई घर परिवारले पढ्नु पर्छ भनेर सानै देखि सल्लाह हुने गर्दथ्यो । त्यहि घर परिवारको आज्ञा पालन गरेर मैले क्याम्पस पढ्न काठमाडौँ गए र इञ्जिनिअरिङ्ग पढाई पुरा गरे । अहिले उच्च सिक्षाको लागि अमेरिका आएको छु ।

मलाई मेरो गाउँले धेरै कुरा दिएको छ । म आफुलाई भग्यमानी सम्झिन्छु । म आफ्नो भाग्य म जस्तै स्कुलमा पढ्ने साना भाई बैनी हरुलाई, मेरो गाउँमा बस्ने गाउँले हरु संग बाड्न चाहन्छु । मेरो संगै स्कुले साथीहरु दुवै , कतारमा मजदुरी गरेर कमाई गर्दै छन् । उनीहरुले विभिन्न कारणले पढ्न सकेनन । म उनीहरुलाई आफु जस्तै कम्प्युटर पढाउन त सक्दिन तर उनीहरुको छोरा छोरि हरु त्यहिँ गाउँको स्कुलमा पढ्छन । उनीहरुलाई राम्रो संग शिक्षा दिन सकियो भने , त्यो दुवै र कतारमा बस्ने साथी हरुको मुहारमा खुसि आउने थियो होला । सबैले सहरको बोर्डिंग स्कुलमा पढाउन सक्दैनन् । गाउँमा भएको स्कुलको अवस्था नाजुक छ । पढ्नु पर्छ भन्ने भावना मार्दै गएको छ । जसो तसो एस ल सी सम्म पढ्ने हरुले पनि जागिर नपाएर विदेश जानु परेको छ । आखिर विदेशनै जानु पर्छ भने किन पढ्नु भन्ने भावना बिकसित भएको छ ।

मेरो बुवाले मेरो हातमा थमाईदिएको कलमले आज मेरो जिबनमा परिबर्तन ल्याएको छ, मेरो परिवारमा परिवर्तन ल्याएको छ । आज हामी आत्म निर्भर छौ । असल सिक्षा एउटामात्र व्यक्ति, परिवार र समाज परिबर्तनको बाटो हो । असिक्षाले मानिसलाई अन्धो बनाऊछ । हाम्रो गाउँको अशिक्षाको पहाडलाई मैले फुटाऊन सुरु गरे। मेरो अफिसमा १५ दिनको छुट्टि मागेर म फेरी गाउँ फर्किए । उदेश्य एउटै थियो , गाउँमा कम्प्युटरको पढाई सुरु गर्ने ।

मैले करिब २१ ओटा बिद्यालयको सर हरुलाई जम्मा गरेर श्री अमर मा बि चुजाठाँटि मा करिब एक हप्ता सूचना र प्रविधिको तालिम संचालन सम्पन्न गरे ।

बिस्तृत बिवरण को लागि यहाँ हेर्नुहोला – http://deerwalk.org/information-technology-workshop/ मेरो अफिस डियरवाक सर्भिसेसको सहयोगमा श्री सारदा मा बि चौरापानी र श्री जनता मा बि बिजुली स्कुललाई केहि कम्प्युटर पनि उपलब्ध गरायौं ।

बिस्तृत बिवरण को लागि यहाँ हेर्नुहोला –http://deerwalk.org/computer-donation-to-shree-sharada-secondary-school/

पोहोर साल करिब पाँच महिनाको चन्दा संकलन गरेर हामीले हाम्रो गाउँको स्कुल श्री घन मिना बालसुधार प्रा बि मा एउटा सानो कम्प्युटर प्रयोगशाला बनायक छौ ।

बिस्तृत बिवरण को लागि यहाँ हेर्नुहोला ।https://www.gofundme.com/kidsncomputer

अहिले सम्मको हाम्रो उपलब्धी हरु,
● स्कुलका शिक्षक् हरुलाई कम्पुटर सम्बन्धि एक हप्ते तालिम दियको
– २१ ओटा बिद्यालयको शिक्षक्हरुलाई कम्पुटर workshop training दिएको
● बालिबिसौना स्कुललाई एउटा कम्पुटर र प्रिन्टर उपलब्ध
– न्यु योर्क निवासी दाजी मिलन कुमार शाहीको सहयोगार्थ
● डिजीटल प्रोजेक्टर उपलब्ध
-सुभास शाहको सहयोगमा
● गत वर्ष अनलाइन मार्फत चन्दा संकलन – करिब ने रु ९७,०००|-
-Link: https://www.gofundme.com/kidsncomputer
-५ ओटा डेस्कटप, १ ल्यापटप र फर्निचर
-जम्मा खर्च एक लाख चौध हजार
-करिब ने रु १७,००० ऋण
● विद्यार्थीहरु लाई कम्प्युटरको बेसिक पढाई सुरु

● यसपाली देखि एउटा स्पोन्सर ग्रुप बनाउने अनि ग्रुपमा हुने सबैले कम्प्तिमा ने रु ५,००० जति हरेक वर्ष रकम उपलब्ध गराउने सल्लाह भएको छ| जम्मा भएको रकम , स्कुलमा कम्प्युटरको पढाई , सामग्री र इन्टरनेटको लागि खर्च हुने छ ।
● हाम्रो बलिबिसौना गाउँमा नै पढेर गएका भाई Pawan Thakuri, Managing Director of Crossfire Gurkha Training Center Butwal ले आफ्नो जन्मदिनको अवसरमा सहयोग गरेको – रु १५,००० र बहिनी Sushma Shah Thakuri, Nurse Practicioner at Dulikhel Hospital Kavre ले आफ्नो जन्मदिनको अवसर पारेर रु दश हजार (Rs १०,०००) सहयोग गरेको

पाँच वर्ष भयो , मेरो प्रयास अनि धेरै सहयोगी हातहरु , हौसला अनि मायाँले मैले सोचेको भन्दा पनि धेरै उपलब्धि मिलेको छ । धेरै खुसी लाग्छ , गत वर्ष देखि मेरो गाउँको स्कुलमा पनि कम्पुटरको पढाई सुरु भएको छ । यो पढाईलाई अझ उपलब्धि मुलक होस् भनेर हामीले यस् वर्ष देखि कम्प्युटर बाट पढाई हुने सफ्टवेर काठमाडौँ बाट किनेर लगेको छौ । बिद्यालयमा पनि इन्टरनेट जोडेर बिद्यार्थी हरुलाई सूचना र प्रविधिको बारेमा सिकाउने योजना छ ।

आफ्नो गाउँको सबै स्कुले भाई बहिनि हरुलाई कम्प्युटर सिकाउने रहर अनुरुप हामीले कम्प्युटरको पढाई सुरु गरेको थियौं ।अब त्यतिमा मात्र कम्प्युटरको पढाई सिमित हुने छैन ।
ऐरावती गाउँपालिका प्युठानमा भएका सबै ४१ बिद्यालयहरुमा हामी कम्पुटरको पढाई सुरु गर्दै छौँ ।स्थानीय बिद्यालय, ऐरावती गाउँ पालिका, राष्ट्रिय अविस्कार केन्द्र र अन्य विभिन्न व्यक्ति हरुको सहयोग र समन्वयमा हामीले यस कार्यक्रमको डीजाईन गर्दै छौँ ।
राष्ट्रिय अविस्कार केन्द्रका संस्थापक डा. महाबिर पुन, ऐरावती गाउँपालिका अध्यक्ष नविल विक्रम शाह, स्थानीय हेड मास्टर हुकुम बहादुर शाह संग मेरो अनौपचारिक छलफल भैरहेको छ । पहिलो चरणमा सबै बिद्यालयको सिक्षकलाई कम्प्युटर तालिम दिने, अनि बिस्तारै सबै बिद्यालयहरुमा कम्प्युटर ल्याब बनाउने, र आगामी दिनहरुमा सम्पूर्ण बिद्यालयमा इन्टरनेट जोड्ने गरि हामीले कार्यक्रम बनाउदै छौ ।

आगामी दिनहरुमा यस् कम्प्युटर शिक्षाको बारेमा हुने बिवरणको लागि यहाँ हेर्नुहोला ।

http://sthakuri.com/Blogs?p=1&tags=Philanthropy
फेसबुक सम्पर्क : https://www.facebook.com/iamsuvash

          October 11, 2018 5:49 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...