३० वर्षपछि अचानक आमाका अगाडि आइन् निधन भएकी छोरी
एजेन्सी। यो घटना अमेरिकाकी एक अबर्शन सर्भाइभर महिलाको हो जसलाई अबर्शनपछि मृत्यु भएको भनेर अस्पतालमै छोडिएको थियो। तर, भाग्यमा अरु नै लेखेको थियो शायद। यही भएर उनी जिवितै रहिन्। तर उनकी आमालाई यो सबै जानकारी थिएन। उनलाई एक परिवारले अपनायो र राम्रोसँग पालन पोषण गर्यो। त्यसपछि उनले आफूलाई जन्म दिने आमालाई खोजेर भेट्टाइन् र करिव ३० वर्षपछि अचानक आमा अगाडि पुगिन् जो आमाको नजरमा मरिसकेकी थिइन्।अमेरिकाको लोवाकी मेलिसा आडेनले कही वर्ष पहिला आप्नो अबर्शन सभाइभरका रुपमा आफ्नो जीवनको सबैभन्दा दुखको दिनको कुरा शेयर गरेकी थिइन्। मेलिसाकी आमाले गर्भवतीको अन्तिममा गर्भपतन गराउने विचार गरिन्। त्यसकालागि उनी पाँच दिनसम्म लगातार अस्पतालमा नै बसिन् र उनलाई स्लाइन पानी चढाइयो।
स्लाइनमा अबर्शनकालागि लीथक डोज पनि दिइयो। त्यसपछि मेलिसाको जन्म भयो। तर मेलिसाको आमालाई के लाग्यो भने अबर्शनमार्फत छोरीको जन्म भयो। उनले अस्पताललाई धन्यवाद भनेर छोरीलाई अस्पतालमै छोडेर त्यहाँबाट हिँडिन्।डाक्टरले पनि मेलिसालाई मृत नै भएको ठानेका थिए। जब मेलिसाकी आमा अस्पतालबाट हिँडिन तब नर्सले मेलिसालाई हेरे, जहाँ मेलिसा जिवितै थिइन्। उनीहरुले मेलिसालाई क्रिटिकल केयर युनिटमा भर्ना गराए।
लीथल डोजका कारण मेलिसाको निधनै त भएन तर उनमा गम्भीर स्वास्थ्य समस्या देखियो। डाक्टरले भविष्यमा मेलिसालाई जीवन यापन गर्न गाह्रो हुने अनुमान गरेका थिए, जुन फेल खायो।
मेलिसालाई एक परिवारले अपनायो। त्यतिबेलासम्म उनको मानसिक र शारीरिक समस्या समाधान भइसकेको थियो। जब उनी ठूली भइन् तब उनले आफूलाई अरुले नै अपनाएको थाहा पाइन्। उनकी वास्तविक आमाका विषयमा त्यतिबेला मात्र जानारी दिइयो जतिबेला उनी समझदार भइसकेकी थिइन्।
तर उनलाई यो कुरालाई सहज रुपमा लिन सकिनन्। यो कुरा सुन्ने वित्तिकै उनी निकै चिन्तामा परिन्। त्यसपछि मेलिासले आफूलाई जन्म दिने आमा खोज्ने विचार गरिन्। उनले आफू जन्मिएको अस्पताल खोजिन् र आफ्नो परिवारका सदस्यको सबै जानकारी लिइन्।
मेलिसाको आफ्नै बुवाको निधन भइसकेको थियो, भने आमा भने जिवितै थिइन्। एक दिन उनले आफूलाई जन्म दिने आमालाई सम्पर्क गरिन् उनकालागि मरिसकेकी छोरी जिवित भइन्। त्यसपछि आमा छोरीको फोनमा कुरा हुन थाल्यो र यो क्रम घण्टौंसम्म चल्थ्यो। यद्यपी दुवैले भेट्ने हिम्मत भने गर्न सकेका थिएनन्। जन्मिएको ३० वर्षपछि मेलिसाले आफ्नी जन्म दिने आमालाई भेट गरिन्।
October 12, 2018 11:39 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
राउटे समुदायका युवायुवती प्राथमिक उपचारसम्बन्धी तालिममा सहभागी
ग्रिनल्याण्डलाई लिएर अमेरिका र युरोपबीच तनाव
निरम प्रोड्क्सन कुवेतको निरम सांगितिक उत्सवका लागी नेपालबाट आमन्त्रित गायक राजु लामा भोली बुधवार कुवेत आइपुग्ने
चुनाव निश्चित, दिल्ली दौडको अन्तर्य अनिश्चित
उदयपुर मिलिजुली समाज कुवेतद्वारा रक्तदान कार्यक्रम गर्दै :
भेनेजुएलाका राष्ट्रपति मदुरो अमेरिकी सेनाको नियन्त्रणमा रहेको तस्बिर ट्रम्पद्वारा सार्वजनिक
१० साना दलले बनाए चार गठबन्धन