Monday 22nd December 2025

मृगौला पीडित सबिता लिबाङलाई डि.एक्सन.एन युएईद्वारा आर्थिक सहयोग

7 years अगाडी

धरान –  मृगौला पीडित सबिता लिबाङलाई डि.एक्सन.एन युएईले आर्थिक सहयोग गरेका छ। आर्थिक स्थिति कमजोर भई उपचार गर्न समस्या भयपछी डि.एक्सन.एन युएईले ७४ हजार १ सय आर्थिक सहयोग गरेको हो । 

उक्त सहयोग रकम गत सुक्रवार डि.एक्सन.एन युएईको टिम बाट प्रतिनिधित्व गर्दै  सुरेस बराइली र  सबिता लिबाङ बचाउ संयोजक हस्त लिबाङ द्वारा ने.रु ७४,१०० धरान स्थायि बसोबास भयकी सबिता लिबाङको निबासमा पुगेर बिरामिका बाबा सुरेश लिबाङ लाई हस्तान्तरण गरिएको कैलाश अर्यालले जानकारी गराएका छन् ।

अस्पतालको चेक जाँच पश्चात बिरामिको दुबै मृगौला बदल्नु पर्ने भए पछी आर्थिक अबस्था कम्जोर भएका परिबार निकै चिन्तित हुदै सहयोगको अपिल गरेका थिए । 

डि.एक्स.एन युएईले बिगतमा पनि नेपालमा परिआएका आकस्मिक दुर्घटना एबं दैबिक प्रकोपले क्षति ग्रस्त गर्दा  सहयोग गर्दै आएको छ ।

          October 13, 2018 6:40 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...