१६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, घटनास्थलबाट ४ थान कण्डम र फुटेको चुरा बरादम
बुटवल, २५ असोज । कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको दुई महिना भन्दा बढी भइसकेको छ । तर अझैं पनि सक्कली दोषी पत्ता लागेको छैन । करिब दुई महिना यता कयौं निर्मला पन्तहरु बलात्कारको शिकार बन्न पुगेका छन्, भने कैयौंले आफ्नो ज्यानसमेत घुमाएका छन् ।

यसैक्रमा बुटवलस्थित शिवनगर जंगलमा अर्की एक १६ वर्षीया किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन् । देवदह नगरपालिका वडा नं. १० स्थित चरंगेमा मंगलबार बेलुका ८ बजेको समयमा बलात्कार भएको हो । बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् ।
पीडित किशोरीको जाहेरीको आधारमा देवदह नगरपालिका १० का ३५ वर्षीय उदय थापा र बुटवल उपमहानगरपालिका ७ का २६ वर्षीय कृष्ण थापालाई प्रहरी पक्राउ गरेको हो ।
बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिवनगर जंगलमा मोटरसाइकलमा प¥याएर सामुहिक बलात्कार गरेको पीडित किशोरीको जाहेरी छ ।
घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले बताए ।
घटनामा अन्यको पनि संलग्नता हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले बताए ।
October 13, 2018 10:30 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।