१६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, घटनास्थलबाट ४ थान कण्डम र फुटेको चुरा बरादम
बुटवल, २५ असोज । कन्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको दुई महिना भन्दा बढी भइसकेको छ । तर अझैं पनि सक्कली दोषी पत्ता लागेको छैन । करिब दुई महिना यता कयौं निर्मला पन्तहरु बलात्कारको शिकार बन्न पुगेका छन्, भने कैयौंले आफ्नो ज्यानसमेत घुमाएका छन् ।

यसैक्रमा बुटवलस्थित शिवनगर जंगलमा अर्की एक १६ वर्षीया किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन् । देवदह नगरपालिका वडा नं. १० स्थित चरंगेमा मंगलबार बेलुका ८ बजेको समयमा बलात्कार भएको हो । बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् ।
पीडित किशोरीको जाहेरीको आधारमा देवदह नगरपालिका १० का ३५ वर्षीय उदय थापा र बुटवल उपमहानगरपालिका ७ का २६ वर्षीय कृष्ण थापालाई प्रहरी पक्राउ गरेको हो ।
बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिवनगर जंगलमा मोटरसाइकलमा प¥याएर सामुहिक बलात्कार गरेको पीडित किशोरीको जाहेरी छ ।
घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले बताए ।
घटनामा अन्यको पनि संलग्नता हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले बताए ।
October 13, 2018 10:30 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने