नेपाली कांग्रेसका पुराना नेता चक्रप्रसाद बाँस्तोलाको निधन
7 years अगाडी
Nepal Drishti
काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता चक्रप्रसाद बाँस्तोलाको शनिबार राति ७४ वर्षको उमेरमा निधन भएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बाँस्तोलाको निधन शनिबार राति ९ बजेर २० मिनेट जाँदा भएको हो । कांग्रेस प्रवक्ता शर्माले बाँस्तोलाको निधनको पुष्टि गर्दै फेसबुकमा लेख्नुभएको छ, ‘अन्तत चक्र दाइ जानुभयो । नेपाली कांग्रेसका अग्रज बौद्धिक नेताले अन्ततः देहत्याग गर्नुभएको छ । उहाँको आत्मालाई शान्ति मिलोस् स्वर्गमा ।’
मष्तिष्कघातका कारण ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बाँस्तोलाको अवस्था शनिबारदेखि गम्भीर बनेको थियो । शनिबार बिहानदेखि बाँस्तोलाको स्वास्थ्य अवस्था झन् कमजोर भएपछि उहाँलाई न्यूरो अस्पताल बाँसबारी लगिएकोमा चिकित्सकले उपचार सम्भव नभएको बताएपछि ललितपुरको खुमलटारमा रहेको निवासमा ल्याइएको थियो ।
October 13, 2018 10:37 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
Loading...