Thursday 25th December 2025

नेपाली कांग्रेसका पुराना नेता चक्रप्रसाद बाँस्तोलाको निधन

7 years अगाडी

काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता चक्रप्रसाद बाँस्तोलाको शनिबार राति ७४ वर्षको उमेरमा निधन भएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बाँस्तोलाको निधन शनिबार राति ९ बजेर २० मिनेट जाँदा भएको हो । कांग्रेस प्रवक्ता शर्माले बाँस्तोलाको निधनको पुष्टि गर्दै फेसबुकमा लेख्नुभएको छ, ‘अन्तत चक्र दाइ जानुभयो । नेपाली कांग्रेसका अग्रज बौद्धिक नेताले अन्ततः देहत्याग गर्नुभएको छ । उहाँको आत्मालाई शान्ति मिलोस् स्वर्गमा ।’

मष्तिष्कघातका कारण ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बाँस्तोलाको अवस्था शनिबारदेखि गम्भीर बनेको थियो । शनिबार बिहानदेखि बाँस्तोलाको स्वास्थ्य अवस्था झन् कमजोर भएपछि उहाँलाई न्यूरो अस्पताल बाँसबारी लगिएकोमा चिकित्सकले उपचार सम्भव नभएको बताएपछि ललितपुरको खुमलटारमा रहेको निवासमा ल्याइएको थियो ।

          October 13, 2018 10:37 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...